सुन्दर कुमार थकाली,मुस्ताङ
हिन्दु तथा बुद्धिस धर्मालम्बीहरुको आस्थाकोकेन्द्र पवित्र धार्मिकस्थल मुक्तिनाथ जोड्ने कागबेनी माथिको १५ सय मिटर सडकमा आईतबार देखि कालोपत्रे बिच्छ्याउनेकार्य सुरु भएको जिल्ला प्राविधिक कार्यालयले जनाईएको छ ।
स्थानिय विकास मन्त्रालय अन्तर्गत ग्रामिण पुननिर्माण तथा पुनस्थापना आयोजना त्रिपलआरले उक्त सडकमा दोश्रो पटक कालोपत्रेका लागि १ करोड ४४ लाख बजेट बिनियोजन गरेको जिल्ला ईन्जिनीयर रविन्द्र तिवारीले जानकारी दिए ।जसअन्तर्गत उक्त सडकमा कालोपत्रेको काम सुरु भएको तिवारीले जनाए ।

एक वर्षअघि त्रिपलआरकै लगानीमा उक्त सडकखण्डको कालोपत्रे बिच्छ्याउने कार्य सम्पन्न भएको थियो ।अघिल्लो पटक कालोपत्रे गर्न बाँकी १५ सय मिटर सडकमा पनि त्रिपलआरकै थप बजेटले कालोपत्रेलाई पुरा गर्नेकार्य भईरहेको ईन्जिनीयर तिवारीको भनाई छ ।यसअघि त्रिपलआरले उक्त सडकमा २२ करोड लागतमा करिव ११ किलोमिटर सडकमा कालोपत्रेको काम पुरा गरेकोमा यसपटक कागबेनी माथि दोश्रो खण्डको कालोपत्रेका लागि पनि १ करोड ४४ लाख बजेट बिनियोजन गरेको हो ।यस कार्यका लागि स्थानीय सन्त निर्माणसेवा मार्फाले ९ महिनामा संम्पन्न गर्ने लक्ष मुताबिक ०७४ कार्तिक १५ गते सम्झौता गरेको हो ।
कागबेनी माथिको सडमा कालोपत्रेकार्य सुरु गरिएपछि खिङ्गा हुँदै मुक्तिनाथ जाने सवारी साधनलाई २ साताका लागि वैकल्पिक बाटोको व्यवस्था गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी सिडियो शिशिर पौडेलले जानकारी दिए । सिडियो पौडेलका अनुसार असार १८ गते सम्म कालोपत्रेको काम पुरा गर्ने ठेकेदारले जनाएपछि र त्यस अवधि सम्म मुक्तिनाथ जाने हलुका सवारी साधनलाई वैकल्पिक बाटो झोङ,पुडाक र छेङ्गुर सडक हुँदै मुक्तिनाथ जाने व्यवस्था मिलाईएको जानकारी दिए ।उनले कालोपत्रे बिच्छ्याउने कार्यमा अवरोध सृजना हुने देखिएकाले ठेकेदारकै लिखित आग्रह मुताबिक छोटो दुरीको बाटो बन्द गरिएको जनाए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?