विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा जनताको प्रश्न सोध्दा उत्तर नआए बबाल हुने संकेत गरेका छन् । उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहतर्फ लक्षित गर्दै सदनमा समय दिने र उत्तर दिने नेतृत्व चाहिने बताए ।
उनले सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो हुने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो ।’
उनले नबोल्ने मान्छेले प्रश्नको उत्तर विस्तारमा दिन नसक्ने भन्दै बालेनप्रति टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैनन् । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ ।’
सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेक हर्क साम्पाङ विजय उन्मुख छन् । यस क्षेत्रको अन्तिम परिणाम नआइसके पनि उनले आफ्ना प्रतिस्पर्धीलाई १३ हजार २ सय ९८ मतले पछाडि पारेका छन् । अहिलेसम्म साम्पाङले ३३ हजार ५ सय ६५ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २० हजार २ सय ३७ मत प्राप्त गरेकी छन् । नेपाली कम्युनिस्ट पार्टीका सूर्यकुमार भट्टराईले ५ हजार ५ सय ८९ र एमालेका टिका राम लिम्बु ४ हजार ८ सय ४९ मत प्राप्त गरेका छन् । अहिलेसम्म धरान उपमहानगर र वराहक्षेत्र नगरपालिकाको मत गणना भएको छ । अब रामधुनी नगरपालिकाको २ वटा वडाको मत गन्न बाँकी छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा