गगन थापा पराजित, अमरेश निर्वाचित

राजनीति

गगन थापा पराजित, अमरेश निर्वाचित

amresh

काठमाडौँ — प्रतिनिधि सभा चुनवामा सर्लाही–४ बाट उठेका नेपाली कांग्रेसका सभापति गगन थापा पराजित भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका अमरेश सिंहले पराजित गरेका हुन्।

सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउन सके। काठमाडौं–४ बाट चुनाव जित्दै आएका थापा पहिलो पटक मधेश झरेका थिए।

यसअघि स्वतन्त्ररुपमा त्यही क्षेत्रबाट चुनाव जितेका सिंहले थापालाई १२ हजार ८ सय ५७ मतले पराजित गरेका हुन्। 

तेस्रोमा  एमाले उमेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत ल्याएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds