सुन्दर कुमार थकाली,मुस्ताङ
हिन्दु तथा बुद्धिस धर्मालम्बीहरुको आस्थाकोकेन्द्र पवित्र धार्मिकस्थल मुक्तिनाथ जोड्ने कागबेनी माथिको १५ सय मिटर सडकमा आईतबार देखि कालोपत्रे बिच्छ्याउनेकार्य सुरु भएको जिल्ला प्राविधिक कार्यालयले जनाईएको छ ।
स्थानिय विकास मन्त्रालय अन्तर्गत ग्रामिण पुननिर्माण तथा पुनस्थापना आयोजना त्रिपलआरले उक्त सडकमा दोश्रो पटक कालोपत्रेका लागि १ करोड ४४ लाख बजेट बिनियोजन गरेको जिल्ला ईन्जिनीयर रविन्द्र तिवारीले जानकारी दिए ।जसअन्तर्गत उक्त सडकमा कालोपत्रेको काम सुरु भएको तिवारीले जनाए ।
एक वर्षअघि त्रिपलआरकै लगानीमा उक्त सडकखण्डको कालोपत्रे बिच्छ्याउने कार्य सम्पन्न भएको थियो ।अघिल्लो पटक कालोपत्रे गर्न बाँकी १५ सय मिटर सडकमा पनि त्रिपलआरकै थप बजेटले कालोपत्रेलाई पुरा गर्नेकार्य भईरहेको ईन्जिनीयर तिवारीको भनाई छ ।यसअघि त्रिपलआरले उक्त सडकमा २२ करोड लागतमा करिव ११ किलोमिटर सडकमा कालोपत्रेको काम पुरा गरेकोमा यसपटक कागबेनी माथि दोश्रो खण्डको कालोपत्रेका लागि पनि १ करोड ४४ लाख बजेट बिनियोजन गरेको हो ।यस कार्यका लागि स्थानीय सन्त निर्माणसेवा मार्फाले ९ महिनामा संम्पन्न गर्ने लक्ष मुताबिक ०७४ कार्तिक १५ गते सम्झौता गरेको हो ।
कागबेनी माथिको सडमा कालोपत्रेकार्य सुरु गरिएपछि खिङ्गा हुँदै मुक्तिनाथ जाने सवारी साधनलाई २ साताका लागि वैकल्पिक बाटोको व्यवस्था गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी सिडियो शिशिर पौडेलले जानकारी दिए । सिडियो पौडेलका अनुसार असार १८ गते सम्म कालोपत्रेको काम पुरा गर्ने ठेकेदारले जनाएपछि र त्यस अवधि सम्म मुक्तिनाथ जाने हलुका सवारी साधनलाई वैकल्पिक बाटो झोङ,पुडाक र छेङ्गुर सडक हुँदै मुक्तिनाथ जाने व्यवस्था मिलाईएको जानकारी दिए ।उनले कालोपत्रे बिच्छ्याउने कार्यमा अवरोध सृजना हुने देखिएकाले ठेकेदारकै लिखित आग्रह मुताबिक छोटो दुरीको बाटो बन्द गरिएको जनाए ।
सम्बन्धित खबर
१७ वर्षका स्वामी भारतबाट पैदलै जोमसोम !
भारतीय गाडी भन्सार नतिरी मुस्ताङ
मुस्ताङका ५ वटै पालिकाबासीले सीमापार पास पाउने सहमति
मुस्ताङको कोरला नाका आजदेखि खुला
चीनले आफैले राखिदियो कोरलानाकामा ‘प्रि—फाईप कन्टेनर घर’
मुस्ताङको ढाक्मरमा हिमचितुवाले एउटै खोरका ७७ च्याङ्ग्रा मार्यो, लाखौँ क्षति
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका