मुस्ताङमा ‘सूचनाको हक’ सम्वन्धि अन्तरक्रियाँ

मुस्ताङमा ‘सूचनाको हक’ सम्वन्धि अन्तरक्रियाँ

wall

सुन्दर कुमार थकाली,मुस्ताङ,,

२०७५।३।६
नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति मुस्ताङले ‘सूचनाको हक संम्वन्धि एकदिने अन्तरक्रिया’ गरेको छ ।

घरपझोङ गाउँपालिका ४ जोमसोममा अवस्थित जनहित मावि जोमसोम श्रोतकेन्द्र भवनमा बुधबार सूचनाको हक लेखिएको व्यानर वाचनगरी कार्यक्रमको उद्घाटन गर्दे मुस्ताङ प्रमुख जिल्ला अधिकारी सिडियो शिशिर पौडलले सूचनाको हक संम्वन्धि जारी ऐनले नेपाल सरकारका मातहतका सरकारी निकाय र गैर सरकारी निकायका कर्मचारीलाई खबरदारी गर्दे कर्मचारीलाई जिम्मेवारीे बोध गराउने दिशामा महत्वत्वपूर्ण भुमिका खेलेको उल्लेख गरे । जब कार्यालयमा हुने गतिबिधि र सूचनाहरु गोप्य रहन्छन् तबसम्म कार्यालयको विश्वसनियता माथि प्रश्न उठ्ने उल्लेख गर्दे सिडियो पौडेलले सबै विषयगत कार्यालयका कर्मचारीलाई जनताप्रति पूर्णरुपमा उत्तरदायी तथा जवाफदेही बन्न आग्रह गरे ।उनले कार्यालयका कर्मचारी जनताले तिरेको करबाट मासिक तलबभक्ता प्राप्त गर्ने भएकाले जनताकै भलाईका लागि सेवामैत्री भएर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।‘कतिपय कार्यालयको हेल्थ डेस्कमा सहायक र तल्लो स्तरको कर्मचारीलाई डेस्कमा राखेर जिम्मेवारी सुम्पिने गरेको पाईएको छ ,यो प्रचलन राम्रो मान्न सकिन्न ’प्रजिअ पौडेलले भने‘कर्मचारीको यसप्रकारको प्रबृद्धि र गलत मानिसिकताका कारण जनताले चाहे जस्तो सुविधा र शुसासन प्राप्त हुन सक्दैन, यस्ता कर्मचारी र कार्यालयहरुमा हुने गतिबिधिको सूचना लकाईएमा पत्रकारहरुले सूचनाको हक ऐनको प्रयोग गरेर जवाफदेही बनाउनपर्ने दायित्व रहन्छ ।’ प्रजिअ पौडेल पत्रकार महासंघ मुस्ताङ शाखाले यसप्रकारको कार्यक्रम आयोजना गरेर जनताप्रती जवाफदेही बनाउन मार्ग प्रसस्त गरेको दावी गरे ।


नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका संस्थापक अध्यक्ष भीमबहादुर रसाईलीले हिमालपारी मुस्ताङको पत्रकार अवसर र चुनौती भएको उल्लेख गरे ।उनले विगतमा प्रविधिको बिकास नहुदा विभिन्न कठिनाई भएको उल्लेख गर्दे यहाँको पत्रकारितालाई क्रियाशिल तुल्याउन प्रशासनिक निकायको दायित्व रहने सुझाए ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले युरोपेली र अफ्रिकी मुलुकमा धेरै वर्षअघिनै सूचनाको हक संम्वन्धि कानुन जारी भएको र नेपालमा भर्खर ०६३ सालको अन्तरिम संम्बिधानले ढिलोगरि यसप्रकारको ऐन र नियमावली जारी गरेको बताए ।उनले सूचनाको हक अधिकार ऐन र नियमावलीले सरकारी निकाय,संघसंस्थाले आफुले सेवा प्रवाह गर्ने बिषय वस्तुहरुमा आवधिक रुपमा सूचनाहरु प्रदान गर्नुपर्छ भन्ने निर्देश गरेको उल्लेख गरे ।‘ सूचना राज्यको आधार र मेरुदण्ड हो,हरेक नागरिक यसबाट सुसुक्षित हुनुपर्दछ ‘खड्काले भने‘ नेपालको संम्विधानले नागरिकलाई सूचनाको हक र मौलिक हकको ग्यारेण्टी गरेको छ,नेपालको सोतन्त्रता सार्वभौमिकता,अखण्डता र जातियता बिषय बाहेक हरेक प्रकारका सूचना प्राप्त गर्न जनताले थाहा पाउनु पर्ने अधिकार रहन्छ ।’

नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले सूचनाको हकअधिकारको ऐनले जनतालाई शुसासनको प्रत्याभुती गराउने उल्लेख गरे ।उनले शुसासन बलियो भयो भने मात्र जनताको जिवनस्तर माथि उठ्ने दावी गरे ।कार्यक्रममा पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दर कुमार थकाली,पत्रकार निशा थकाली,बिद्यार्थी पत्रकार सुनिल परियारले मुस्ताङको पत्रकारिता र सूचनाको हक संम्वन्धि आ–आफ्ना धारण राखेका थिए ।


यसअघि रेडियो मुस्ताङकी संञ्चारकर्मी बिजया थकालीले सूचनाको हक अधिकार संम्वन्धि प्रस्तुती राखेकी थिईन् ।कार्यक्रम नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दर कुमार थकालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बिकास बिकले गरेका थिए भने संञ्चालन पेमाछेतेन बिकले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ