पोखरा । पोखराका मुख्य चोकमा सवारी चलाउँदा कुनै सवारीले ठक्कर दियो ? वा, अन्त ठक्कर दिएर यी चोकहरु भएर भागे ? अब सिसिटिभी क्यामेराकै सहयोगमा ति सवारीहरु समातिन्छन् । यी चोकहरुको गतिविधि जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै प्रत्यक्ष हेर्न मिल्ने बनाइएको छ । हिट एण्ड रन केसलाई सघाउ पुग्ने विश्वास गरिएको छ ।
पोखराका मुख्य चोकहरुमा सिसी टिभी क्यामेरा जडान गरिएको छ । पोखराको मुख्य चोक पृथ्वीचोक, सभागृहचोक, र सिर्जना चोकमा सिसि टिभी क्यामेरा जडान गरिएको हो । बुधबार पृथ्वीचोकमा चारै दिशातर्फ जडान गरिसकिएको छ भने सभागृहचोकमा तीन वटा र सिर्जनाचोकमा चार वटा क्यामेरा जडान कार्य भईरहेको छ ।

लायन्स क्लब अन्तर्गत हेल्पिङ ह्याण्ड्स संस्थाले दुई वटा क्यामेरा सहितका सामाग्री, ड्राईभिङ संघले २ वटा क्यामेरा सहयोग गरेको र ५५ ईञ्च एलईडी टिभी देखि आवश्यक सम्पूर्ण सहयोग पोखरा लेखनाथ महानगरपालिका तथा वडा नं. ८ कार्यालयबाट प्राप्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
‘मुख्य कुरा त चोकमा सवारीको गतिविधि हेर्नकै लागि यो जडान गरिएको छ । दुर्घटना हुँदा तत्काल पक्राउ गर्न यो फलदायी हुनेछ ।’ उनले भने – ‘मुख्य चोकहरुबाट यो सुरु भएको छ । चारै दिशा हामी यहीं बसेर हेर्न सक्छौं । यहीँबाट मोनिटर गरिन्छ । अपराध अनुसन्धानमा यसै रेकर्डको सहयोग लिईन्छ ।’
प्रहरी नायव निरिक्षक शिव थापाले दुर्घटना गराउने सवारी नियन्त्रणका लागि मात्र नभई यसले सवारी जामलाई प्रभावकारी ढंगले हटाउन सहयोग पुग्ने बताए । कहाँबाट जाम् भएको छ ? कसले लेन उल्लंघन गरेको छ ? प्रहरीले आफ्नो ड्युटी पुरा गरेको छ कि छैन ? वा राती अपराध गर्नेहरु समात्न समेत यो उपयोगी हुने उनले बताए ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’