सुन्दर कुमार थकाली, मुस्ताङ । हिमाली तथा उच्चपहाडी जिल्लामा उच्चपहाडी खेलकुद तालिमकेन्द्र (हाईअल्टिच्युट स्पोर्ट सेन्टर) स्थापना निर्माणका लागि संम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार गर्नेकार्य अघि बढाईएको छ । प्रदेश नम्बर ४ को प्रस्तुत बजेटले यसका लागि १ करोड बजेट बिनियोजन गरेको प्रदेश सभासद ईन्द्रधारा बिष्टले जानकारी दिए ।
सभासद बिष्टका अनुसार तालिमकेन्द्रका लागि २२ सय मिटरको उचाईमा एक तालिमकेन्द्र र ३ हजार मिटर माथिको उचाईमा एक तालिमकेन्द्रको अवधारणा सहित २ वटा हाईअल्टिच्युट टे«निङ सेन्टरको अध्ययन तथा प्रतिवेदन निर्माण गर्ने कार्य अघि बढेको जनाए ।‘उपल्लो मुस्ताङमा राम्रो खेलकुद पुर्वाधार नभएको,यातायातको पँहुच पनि पुगेको र समथर ठुलाठुला मैदानका लागि उपयुक्त जमिन भएकोले यसक्षेत्रलाई उच्चप्राथमिकतामा राखिनु पर्दछ ।’ सभासद विष्टले भने ।उपल्लो मुस्ताङमा यसप्रकारको तालिमकेन्द्र निर्माण भएमा यहाँको खेलकुद बिकास तथा म्याग्दी,पर्वत,बाग्लुङ र कास्की जिल्लाको पर्यटन प्रर्वधनमा महत्वपुर्ण योगदान पु¥याउने दावी गरे ।
हिमाली तथा उच्चपहाडी जिल्लामा अन्तराष्ट्रिय स्तरका खेलाडी भित्र्याएर उच्चस्थानको हावापानी र तापक्रम संग प्रत्यक्ष घुलमिल गराई नेपाली खेलकुदक्षेत्रको बिकास तथा प्रर्वद्धन गर्ने उद्देश्यले प्रदेश नम्बर चार को सामाजिक बिकास मन्त्रालयले मुस्ताङका बिभिन्न स्थानमा संम्भाब्यता अध्ययन तथा प्रतिवेदन तयार गर्नेकार्य सुरु गरेको सामाजिक बिकास मन्त्रालयका उपसचिव दामोदर सुवेदीको भनाई छ ।
यसका लागि प्रदेशले बजेट समेत बिनियोजन गरेको उनले जनाए ।उनका अनुसार मुस्ताङ,मनाङ,बाग्लुङ र गोर्खा जिल्लाका विभिन्न स्थानमा ट्रेनिङ सेन्टरको संम्भाव्यता अध्ययन भैईरहेको सुबेदीले जनाए ।उनले प्रदेश नम्बर ४ को पर्यटन प्रर्वधनमा श्रीबृद्धि गर्ने तथा हिमाली तथा उच्चपहाडी उच्चलेक( हाईअल्टिच्युट )भुगोल र हावापानी संग परिचित गराई खेलकुदक्षेत्रको बिकास तथा पर्यटन प्रर्वधनमा जोड दिईने जनाए ।
अन्तराष्ट्रिय स्तरको (हाईअल्टिच्युट) खेलकुद ट्रेनिङ सेन्टरको अध्ययनका लागि प्रदेश मन्त्रालयका उपसचिव दामोदर सुवेदी नेतृत्वमा खेलकुद बिज्ञ र मेडिकलगरी ५ जनाको टोली मुस्ताङ आएर फर्किएको प्रमुख जिल््ला अधिकारी सिडियो शिशिर पौडेलले जानकारी दिए ।उनका अनुसार ट्रेनिङ सेन्टरका लागि थासाङ गाउँपालिका ४ को टिटी माथिको लुप्साङ खर्क,वारागुङ मुक्तिक्षेत्रको छेङ्गुर फाँट ,लोघेकर दामोदरकुण्डको चराङको संम्भावित एयरपोर्टक्षेत्र र किम्लिङको भैराखर्क गरी ४ स्थानको संम्भाव्यता अध्ययन संम्पन्न भएको र अन्य जिल््लामा पनि संम्भाव्यता अध्ययनकार्यलाई अघि बढाईने जनाईएको छ ।
सुवेदी सहितको टोलीले तयार गरेको प्रारम्भिक रिपोर्ट तथा प्रतिवेदनपछि ट्रेनिङ सेन्टरको छनौट हुने जनाईएको छ ।अन्तराष्ट्रिय स्तरको खेलकुद टे«निङ सेन्टरमा २ वटा देखि ३ वटा सम्म फुटबल ग्राउण्ड,भलिबल ग्राउण्ड र अन्य खेलहरु एकैसाथ संञ्चालन गर्न सकिने पुर्वाधार निर्माण हुँने प्रदेश सभासद महेन्द्रबहादुर थकालीले उल्लेख गरे । ट्रेनिङ सेन्टरका लागि अत्याधुनिक आवास भवन तथा मेडिकल सुविधाको समेत व्यवस्था हुँने सभासद थकालीले जनाए ।
सम्बन्धित खबर
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
मुस्ताङमा ९ महिनामा झण्डै ४ लाख पर्यटक भित्रिए
मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु
मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली सम्मानित
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते