किरण श्रेष्ठ, तनहुँ । ‘मिस तनहुँ’को ताज रोबिना आलेले पहिरिन सफल भएकी छन् । उत्तरशिला चलचित्र हलमा शनिबार साँझ सम्पन्न मिस तनहुँको सिजन ३ मा ९ जना प्रतियोगीलाई पछि पार्दै म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादी निवासी १६ वर्षकी रोबिनाले उपाधी चुमेकी हुन् । प्रतियोगितामा अनिता अधिकारी फस्ट रनरअप भइन् । सेकेन्ड रनरअपको उपाधी तपस्या शाहले जितिन् । त्यसैगरी भ्युअर चोइस अवार्ड सिर्जना परियारले जितिन् ।
मिस तनहुँको उपाधी संगै आलेले बेस्ट वाक र मिस फोटोजेनिकको उपाधी समेत जितिन । त्यस्तै अनिता अधिकारीले मिस पपुलर र मोस्ट ब्युटिफुल, तपस्या शाहले मिस कन्फिडेन्ट र बेस्ट प्रश्नालिटी, अञ्जली सुनारले बेस्ट स्किन र मिस पङ्चुअल, सिर्जना परियारले बेस्ट हेयर, पुनम अधिकारीले मिस कन्फिडेन्ट, बेस्ट फिगर र मिस फ्रेन्डली मेनाज खान, मिस ट्यालेन्ट सुस्मिता मानन्धर, मिस डिसिपिलिन अन्जिता गुरुङ र मोस्ट डेडिकेटेटको उपाधी आरती शर्माले जितेकी छिन ।
प्रतियोगिताको ग्राण्ड फिनालेको निर्णायकहरुमा मिस नेपाल २०१५ की विजेता इभाना मानन्धर, मिस तनहुँ २०१५ की विजेता सुजाना श्रेष्ठ, मध्य नेपाल पर्यटन विकास समितिका अध्यक्ष हरि सिं गुरुङ र जकसन डट कमका प्रमुख तथा फोटोग्राफर भुपाल कुमार गुरुङ रहेका थिए ।
रोबिना आलेले यामाहाको फेसिनो स्कुटर प्राप्त गरेकी छन् । प्रतियोगिताको फस्ट रनरअपले सात हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो र सेकेण्ड रनरअपले पाँच हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो प्राप्त गरेका छन् । डाफे मल्टिमिडियाको आयोजनामा प्रतियोगिता भएको हो । उक्त ग्राण्ड फिनालेको प्रमुख अतिथि व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने र विशिष्ट अतिथि व्यास ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठ रहेका थिए । नारीहरुको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम भएकोले राम्रो रहेको प्रमुख अतिथि न्यौपानेले बताए । कार्यक्रममा मोडल सरस्वती श्रेष्ठ र विवेक गुरुङले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको फोटोग्राफी पार्टनरको रुपमा आगमन फोटोग्राफी रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक मोर्डन अटो वर्क दमौलीले गरेको थियो । जिल्लामा छरिएर रहेका युवतीहरुको आन्तरिक प्रतिभालाई उजागार गरि आत्मनिर्भर बनाउन ‘मिस तनहुँ’ को आयोजना गरिएको आयोजक संस्थाकी सन्जु घलेले बताइन । १६ देखि ३० वर्ष उमेर समुहका अविवाहित युवतीले भाग लिन पाउने प्रतियोगीतामा प्रतियोगी एक महिने बन्द प्रशिक्षण सहित फाइनलमा उत्रेका हुन ।
सम्बन्धित खबर
पहिलो पाइला स्याङ्जाको न्यानो माया अभियान, पोशाक तथा शैक्षिक सामाग्री वितरण
गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती
म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवग्रह मन्दिर व्यवस्थापन समिति गठन, अध्यक्षमा पोख्रेल
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
गोरखामा रुखबाट लडेर १ जनाको मृत्यु
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु