भवन आवश्यकता प¥यो भन्दै घरपझोङको डेलिगेशन

भवन आवश्यकता प¥यो भन्दै घरपझोङको डेलिगेशन

a

सुन्दर कुमार थकाली, मुस्ताङ । हिमालपारीको जिल्ला मूस्ताङको सदरमुकाम  जोमसोम  संग जोडिएको घरपझोङ गाउँपालिका कार्यालयको एक टोलीले आईतवार जिल्ला प्रशासन तथा जिल्ला समन्वय समितिको कार्यालयमा भवन आवश्यकता प¥यो भन्दै डेलिगेशन गएका छन् ।

गाउँपालिकाको दैनिक कार्यसंम्पादनमा अशहज भएको जनाउदै खारेजीमा परेका कार्यालय भवन गाउँपालिकालाई हस्तान्तर गराईदिन प्रशासन तथा जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएका हुन्।

गाउँकार्यपालिका कार्यालयको १८ औं बैठकको निर्णय अनुसार साँघुरो भवनमा आधा दर्जन भन्दा बढी बिषयगत कार्यालयका गतिविधि एउटै भवनमा रहेर कार्यसम्पादन गर्दा कार्यालय तथा सेवाग्राहीलाई शास्ती परेको उल्लेख गर्दे समायोजनमा परेका जिल्ला प्राविधिक कार्यालय,जिल्ला पशुसेवा कार्यालय र निर्माणधिन जनस्वास्थ्य कार्यालय भवन उपलब्ध गराईदिन माग गरेका हुन् ।


घरपझोङ  गाउँपालिकाको नेतृत्वमा गाउँकार्यपालिका र कार्यालयमा कार्यरत कर्मचारीहरुको करिव ३० जना सम्मिलित टोलीले मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल,जिल्ला समन्वय समितिका निमित्त प्रमुख राजेन्द्र् शेरचन र जिल्ला समन्वय अधिकारी केशव बिमलीलाई लिखित ज्ञापनपत्र बुझाएका हुन् ।

सो क्रममा ज्ञापनपत्र बुझ्दै मुस्ताङ प्रमुख जिल्ला अधिकारी सिडियो शिशिर पौडेलले संघिय संरचना अन्तर्गत राज्यलाई ३ तहमा बाँडेकाले संघ ,प्रदेश र स्थानीयतहमा भएका संरचनाको स्वामित्व स्थानीयतहकै रहने संम्विधानमा उल्लेख भएकाले सदरमुकाममा जोमसोममा रहेका कार्यालयहरुको बिस्तृत अध्ययन गरेर स्थानीयतमै सुम्पिने जनाए । खारेजीमा परेका कार्यालयहरुलाई स्थानीयतहले उपयोग गर्न पाउने प्रावधान रहेको उनले जनाए ।‘हतार गरेर भवनका लागि बजेट खर्च गर्नु उपयुक्त हुदैन’उनले भने,‘ केही समय धैर्यता राख्नुस्।’

सिडियो पौडेलले दुईवटा खोलाहरु छुट्टिने र जोडिने क्रममा अलिअलि धमिलो जस्तो देखिएपनि यस्ता समस्याको निधान क्रमिक रुपमा पुरा हुँदै जाने उल्लेख गरे ।उनले चालु आर्थिक वर्ष सकिन केही दिनमा मात्र बाँकी रहेकाले आगामी आर्थिक वर्षको सुरुवातमै संघिय मामिला मन्त्रालयले यसबारे स्पष्ट भिजन बाहिर ल्याउने जनाए ।

त्यस्तै,जिल्ला समन्वय समितिका निमिक्त प्रमुख राजेन्द्र शेरचनले स्थानीयतहको मागपत्र उपयुक्त र समय सान्दर्भिक भएको उल्लेख गर्दे उक्त मागपत्रलाई संघिय मामिला मन्त्रालयमा फरवार्ड गरिने जनाए ।उनले जिल्ला समन्वय समितिले मात्र चाहेर भवन उपलब्ध गराउन नसकिने भएकाले मन्त्रालयको निर्देशनपछि भवन उपलब्ध गराउन सकिने जनाए ।जिल्ला समन्वय समिति अधिकारी केशव बिमलीले भौतिक संरचना र सवारी साधन बाहेक जिन्सी सामाग्री हस्तान्तर गर्न सकिने जनाए ।उनले चालु आर्थिक वर्षदेखि केही कार्यालयहरु खारेज हुने भएकाले ति कार्यालय आगामी आर्थिक वर्षमा स्थानीयतहले प्रयोग गर्न पाउने जनाए ।घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले वडा कार्यालयमा गाउँपालिकाको संम्पूर्णकार्य संञ्चालन गर्दा कर्मचारी र सेवाग्राहीलाई शास्ती भएको उल्लेख गरिन् ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले ज्ञापनपत्र पढेर सुनाएका थिए, भने घरपझोङ गाउँपालिकाका नासु राजेन्द्र आचार्यले ज्ञापनपत्र पेश गर्नुका कारणबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

स्याङ्जामा ट्राफिक सप्ताह सुरु
बढ्यो सुनचाँदीको मूल्य
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ट्रेन्डिङ