पोखरा । प्रदेश नम्बर ४ को नाम राख्नका लागि आइतबार सदनमा प्रश्ताव पेश गरिएको छ । प्रदेश नामाकंन र राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले छलफलबाट आएका सुझावका आधारमा ४ वटा नाम सदनमा पेश गरे ।
थापा संयोजकत्वको टोलिले ७० दिन लगाएर ११ वटै जिल्लामा पुगेर सुझाव संकलन गरेको थियो । त्यसपछि सबै राजनीतिक दलहरुसँग पनि सुझाव मागेर प्राथमिकताका आधारमा नाम र राजधानी सिफारिस गरिएको हो ।
समितिले तयार गरेको प्रतिवेदनमा प्रदेशको नाम गण्डकी राख्न बहुतम प्राप्त भएको छ । यद्यपी सत्तापक्षका सांसदहरुले नाममा हेरफेर हुन सक्ने बताउँदै आएका छन् । यसअघि एमाले सहित काँग्रेस र जनमोर्चाले गण्डकी प्रदेश बनाउन सहमति सहितको सुझाव समितिलाई बुझाएका थिए । अहिले भने माओवादीसँग एकीकरण भएकोले दुवैको संयुक्त सिफारिस बुझाउने जनाईएको छ ।
‘यसअघि हाम्रो छुट्टाछुट्टै पार्टी थियो । त्यसैले छुट्टै सुझाव दियौं, एक नेताले भने–अव पार्टी एउटै भयो । दुवैको सुझावलाई संकलन गरेर नयाँ प्रश्ताव पठाउँछौं ।’ श्रोतका अनुसार नेकपाले तमुवान सहित जोडेर नाम राख्नका लागि समर्थन खोजिरहेको छ । संसदीय बैठकमा समेत नेकपाका सांसदहरु बीच केहीबेर चर्काचर्की नै भएको श्रोत बताउँछ ।
‘बैठकमा गण्डकी–तमुवान वा तमुवान मात्रै राख्ने बिषयमा पनि छलफल भएको थियो । केही माननीयहरुले त्यसको विरोध गर्नुभयो, श्रोत भन्छ–अधिकांशले मौन समर्थन गरेका छन् । गण्डकी–तमुवानमा सहमति हुने सम्भावना अधिक छ ।’ नयाँ शक्तिले यसअघि नै गण्डकी–तमुवान राख्न सुझाव दिईसकेको छ ।
नेकपाले नामको बिषयमा छलफल गर्न समय समेत लम्ब्याएको छ । आईतबार प्रश्ताव टेवुल भएपनि थप सुझाव दिन आग्रह गर्दै १७ गतेसम्म बैठक स्थगित गरिएको छ । नेकपाकै सुझावका आधारमा यति लामो समय बैठक स्थगित भएको श्रोतको भनाई छ । १७ गतेको बैठकमा राजधानी बारे छलफल गरेर टुंग्याईनेछ भने त्यसपछिका बैठकहरुमा नामका बारेमा छलफल चल्ने जनाईएको छ ।
जनमोर्चा चाहीँ गण्डकी नै नाम राख्नुपर्ने अडानमा छ । जातिय आधारमा प्रदेशको नाम राख्दा धेरै समस्या आउने भन्दै भुगोल र जलाधारका आधारमा राखिने नाम सर्बस्विकार्य हुने जनमोर्चाको सुझाव छ ।
काँग्रेसले पनि गण्डकीलाई जोडतोडका साथ उठाएको छ । नामका बिषयमा छलफल नगरी बजेट ल्याउने तयारी गरिएपछि काँग्रेसले सदन नै अवरुद्ध गरेको थियो । लगातार २ पटकसम्म अवरोध गरेपछि तेश्रो पटक मार्सल लगाएर सदन चलाईएको हो । पछि असार १० गतेको म्याद तोकेपछि अवरुद्ध सदन सहज रुपमा चलेको थियो ।
काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले नाममाथी आफ्नो पार्टीको कुनै विमती नरहेको भन्दै सुझाव समितिको सिफारिसलाई आधार मान्न आग्रह गरेका छन् । ‘समिति गठन गरेपछि समितिले दिएको सुझाव मान्नुपर्छ । अधिकांशको माग गण्डकी छ भने त्यो भन्दा अरु नाम खोज्नु जरुरी पनि छैन, उनले भने–समितिको सिफारिस अन्तिम नभएपनि आधार त्यही हो । दायाँबायाँ गर्दा समस्या देखिन सक्छ ।’
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’