हिमालपारी लागु पदार्थ विरुद्ध प्रभातफेरी तथा कोणसभा

हिमालपारी लागु पदार्थ विरुद्ध प्रभातफेरी तथा कोणसभा

pro

सुन्दर कुमार थकाली, मुस्ताङ । लागु पदार्थ विरुद्धको अन्तराष्ट्रिय दिवस मुस्ताङ पनि एक कार्यक्रमगरि मनाईएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजना मंगलवार भएको प्रभातफेरी तथा कोणसभा कार्यक्रममा लागु पदार्थ विरुद्ध जनचेतना अभिबृद्धि मुख्य भएको औल्याईएको छ ।

‘लागु पदार्थ त्यागौ,स्वस्थ्य र सुखी जीवन तर्फ लागौ ।लागु औषध नगरौ ओसार पोसार,बिग्रन्छ तपाईको प्यारो घर संसार ।। हाम्रो चाहनाःलागु औषध रहित ।स्व्स्थ्य र सुखी जीवनको कामना ।।।’आदी लेखिएको ब्यानर र प्लेकार्ड सहितको प्रभातफेरीले पुथाङ एयरपोर्ट देखि जोमसोम बजार परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालय पुगेर कोणसभामा परिणत भएको थियो ।

सो अवसरमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले धार्मिक तथा पर्यटकिय जिल्ला मुस्ताङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकमा बृद्धि भएकाले लागु औषधको ओसार पोसार यसका गतिबिधि मौलाउन सक्ने जनाउदै यसतर्फ सचेत रहन आवश्यक भएको औल्याए ।उनले लागु औषधको कारोवार र यसको सेवनलाई बढावा दिने तत्वहरु समाजमा हावी हुँदै गईरहेको उल्लेख गर्दे भोलीको समाजलाई यसप्रकारको कुलतबाट उन्मुक्ति दिलाउन सरोकारवालाहरुले नै चाँसो दिने पर्ने जनाए ।

‘लागु औषधले व्यक्तिको शारिरीक तथा मानसिक क्षमतालाई नष्ट गर्दछ,यसले व्यक्तिको काम गर्ने क्षमतालाई विर्सजन गराउदछ’सिडियो पौडेलले भने‘लागु औषधको जरैदेखि निर्मूल गर्न यसको सेवन गर्नेलाई मात्र होईन,यसको कारोवार गर्ने समेतलाई कानुनको दायरामा ल्याउन आवश्यक छ ।’सिडियो पौडेलले समाजमा मानिसहरु ३ चरित्रको हुने उल्लेख गर्दे पैसा मुल प्रबृद्धिका मानिसहरुकै कारण हाम्रो समाजलाई गालेको,समाज दुव्यशनी तर्फ धकेलिएको उल्लेख गरे ।पैसा मुल प्रबृद्धिका मानिसहरुले आर्थिक फाईदाका लागि अरुका छोराछोरीलाई नष्ट गर्न लागु औषधको शिकार बनाउदै गएको बताए ।


जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी महेन्द्र खड्काले नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा १ लाख ५० हजारको संख्यामा दुव्यशनीहरु रहेको जनाए ।संयुक्त राष्ट्रसंघले सन् २०१६ मा सार्वजनिक गरेको सर्वेक्षणमा विश्वमा झन्डै १४ करोड भन्दा बढी व्यक्तिहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा लागुऔषधको दलदलमा फसेको खड्ले बताए ।उनले नेपालमा लागु औषध दुव्यशनीहरु अपराधिक क्रियाकलापमा जोडिएको उल्लेख गर्दे यसबाट तराईका जिल्लाका साथसाथै हिमाल र पहाड पनि अछुतो नरहेको जनाए ।


विश्व बजारमा लागु औषध सेवन र यसको ओसार पोसारमा अन्तराष्ट्रिय आतङ्कवाद र अवैध हातहतियार ओसार पोसार गर्ने गिरोह सामेल रहेको खुलासा गर्दे डिएसपी खडरकाले यसको न्युनिकरण गर्नका लागि राष्ट्र,समाज र अनि परिवारबाटै जनचेतना अभिबृद्धि गर्न आवश्यक भएको बताए ।त्यस्तै, ओमशान्तिका ब्रमकुमार कृष्णजीले दुव्यशनी मुक्त समाज निर्माणका लागि विद्यार्थी अभिभावक,प्रहरी,प्रशासन लगायत संम्पूण सरोकारवालाहरुले यसतर्फ आवाज उठाउनु पर्ने बताए ।उनले लागु औषध दुव्यशनीबाट छुटकरा लिन योग बिधि उपयुक्त माध्यम भएकाले खराब आचरणबाट उन्मुक्ति पाउन व्यक्तिको सोच र चिन्तनलाई सहि दिशामा ढाल्न आवश्यक पर्ने जनाए ।

प्रभातफेरी तथा कोणसभा कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु,नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेनाका जवानहरु,धौलागिरी आवासिय मावि र जनहित माविका बिद्यार्थीहरु ,नागरिक समाज र पत्रकारहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ