पोखरा । सडक फराकिलो, लेनको ज्ञानको कमी, सवारी तीब्र गतिमा । पोखरा ५ मालेपाटन सडकक्षेत्रमा पछिल्लो समय यही कारण धेरैले ज्यान गुमाएका छन् । दिनहुँ जसो सानोतिनो दुर्घटना भईरहने स्थानीय बताउँछन् ।
बुधबार बेलुकी दुर्घटना हुँदा फेरी एक जनाले ज्यान गुमाएका छन् । मोटरसाइकल दुर्घटनापछि पानी ट्यांकरले किच्दा म्याग्दी दाना ९ की २५ बर्षिया बृन्दा थापा मगरको मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार ध १ प ५०२१ नम्बरको तीब्र गतिमा गुडेको पल्सर बाइक र ग४प ८७३८ नम्बरको साइन बाइक जुधेको थियो ।

पल्सर बाइक जिरो देखि माथि विन्ध्यवासिनीतर्फ र साइन बाइक तल जिरोतिर गईरहेको बताईन्छ । त्यसपछि पल्सर बाइक अनियन्त्रित भएर सडकमा पल्टँदा आफ्नै साइडबाट आइरहेको खानेपानी ट्यांकरले लडिरहेकी महिलालाई पेटमै पाँग्राले किच्दा आन्दाभुँडी नै बाहिर निस्केको थियो । साइन बाइकका चालकले भने आफूलाई कहिँ कतै चोट नलागेको र बाइकसँग नजुधेको जिकिर गरेको प्रहरीले जानकारी दिएको छ ।

पल्सर बाइकमा सवार म्याग्दी बरञ्जा १ का धनबहादुर छन्त्याल गम्भिर घाईते छन् । गण्डकी मेडिकलपछि थप उपचारका लागि मनिपाल अस्पताल लगिएको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह