मुस्ताङका ५ वटै स्थानीयतहमा १० दिने राष्ट्रिय ईजिआरपी तालिम सकियो

मुस्ताङका ५ वटै स्थानीयतहमा १० दिने राष्ट्रिय ईजिआरपी तालिम सकियो

egrp1

सुन्दर कुमार थकाली,मुस्ताङ,

हिमालपारी मुस्ताङका ५ वटै स्थानीयतहमा १० दिने आधारभुत राष्ट्रिय प्रारम्भिक पठनशिप प्रर्वधन शिक्षा संम्वन्धि तालिम संम्पन्न भएको छ ।
जिल्लाका ५४ वटा बिद्यालयमा पढ्दै गरेका कक्षा १ देखि ३ सम्मका स–साना वालवालिकाहरुको पठनशिप बिकास तथा नेपाली भाषा प्रर्वधन गर्ने उद्देश्यले यहाँका करिव १ सय २ जना शिक्षक तथा शिक्षिकालाई यसप्रकारको तालिम प्रदान गरिएको कार्यालयले जनाईएको छ ।लोमान्थाङका गाउँपालिकाको दिब्यदिप मावि छोसेर,लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङ आधारभुत बिद्यालय चराङ,थासाङ गाउँपालिकाको जनआदर्श मावि कोवाङ ,घरपझोङ गाउँपालिकाको जनहित मावि जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको जनशान्ति मावि कागबेनी श्रोतकेन्द्रमा यसप्रकारको तालिम संञ्चालन गरिएको जनाईएको छ ।नेपाल सरकारको निती अनुसार शिक्षकलाई नेपाली भाषा पठनशिप तालिम दिएर पोख्त बनाई वालवालिकाको शिकाई क्षमताको अभिबृद्धि तथा पठनशिप तथा प्रर्वधनमा महत्वपुर्ण सघाउ पु¥याउने कार्यालय प्रमुख मतिलाल चपाईको दावी छ ।
राष्ट्रिय प्रारम्भिक पठनशिप प्रर्वधन तालिम अन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा संञ्चालित १ मावि र ११ वटा आधारभुत बिद्यालयगरि कुल १२ वटा बिद्यालयका करिव २१ जना शिक्षक तथा शिक्षिकालाई तालिम प्रदान गरिएको हो । चालु शैक्षिक सत्रको अन्तिम राष्ट्रिय प्रारम्भिक पठनशिप तालिम बुधवार कागबेनीमा सकिएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ धाराले अमेरीकी सहयोग नियोगको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको राष्ट्रिय निती अनुसार भएको यसप्रकारको पठनशिप तालिमले नेपाली भाषाको उत्थान र यसको प्रर्वधनमा महत्वपुर्ण योगदान पु¥याउने अपेक्षा गरे ।उनले जिल्लाको शैक्षिक बिकासमा हुँने यसप्रकारका कार्यक्रमलाई स्थानीयतहले सहयोग गर्ने बचन दिए ।उपाध्यक्ष ढिकी गुरुङले नेपालमा पाश्चात्य प्रभाव बढ्दै गएका बेला नेपाली भाषा संरक्षण र यसको बिकासका लागि नेपाल सरकारले चालेको कदम सान्र्दभिक भएको तर्क गरिन् ।उनले यस्ता कार्यक्रमले बिद्यार्र्थीको शिकाई मनोबल बढाउने र शिक्षक तथा शिक्षिकालाई समेत दायित्व बोध गर्ने दावी गरिन् ।
यस्तै, जनशान्ति मावि कागबेनीका प्रधानाध्यापक प्रेम गौतमले अमेरिकी जनता  भन्दा बढी भियतनामका जनताको सिकाई उपलब्धी बढी भएकाले अमेरिकाले पढाई सीप शिक्षा सुरुवात गरेको बताए ।उनले नेपालमा पनि यसप्रकारको सिकाई उपलब्धी न्युन भएकाले अमेरीकी आर्थिक तथा प्राविधिक सहयोगमा नेपालमा प्रारम्भिक पठनशिप शिक्षा सुरु भएको खुलाए ।यसप्रकार शिक्षाले पठनशिपको बिकास गर्न यसप्रकारको शिक्षाले शिक्षक र बिद्यार्थीमा नयाँ उर्जा थपिएको उल्लेख गरेसो अवसरमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रशासकिय अधिकृत दिपक रेग्मी,जनहित माविका प्रअ रामचन्द्र अधिकारी,प्राश केशबहादुर बुढाथोकीले बोलेका थिए ।
जिल्लामा भएको ५ वटै राष्ट्रिय प्रारम्भिक पठनशिप तालिमलाई जनआर्दश मावि कोवाङका शिक्षक जयकुमार मण्डल र जनहित माविका प्रअ रामचन्द्र अधिकारीले शहजीकरण गरेका थिए ।वारागुङमा भएको अन्तिम तालिमको अध्यक्षता शिक्षक प्रदिप पोख्रेल गरेका थिए भने संञ्चालन श्रोतव्यक्ति नरबहादुर कुवरले  गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

स्याङ्जामा ट्राफिक सप्ताह सुरु
बढ्यो सुनचाँदीको मूल्य
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ट्रेन्डिङ