पोखरा । अब स्नातक तहमा आईटी विषय पढ्नेलाई छात्रवृत्तिको अवसर छ । कम्प्युटर एशोसिएसन नेपाल महासघंले प्राविधिक शिक्षातर्फ छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
मुलुकमा सुचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार विद्यार्थीहरुको लागी छात्रवृत्ति प्रदान गर्न लागिएको क्यान प्रदेश नं. ४ अध्यक्ष चिन्तामणि बास्तोलाले बताए । काठमाडौँको मैतीदेवीमा रहेको सुचना प्रविधिका विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेसन सगँको सहकार्यमा देशभबाट यसवर्ष ४९ जना विद्र्थीहरुलाई छात्रबृद्धि प्रदान गर्न लागिएको हो ।
क्यान नेशनल आईसिटी स्कलरसिप २०७५ नाम दिई देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउनेगरी प्रत्येक प्रदेशकबाट १ जना छात्रालाई पुर्ण छात्रवृत्ति प्रदान गरिने बताईएको छ । फिमेल मेरीट आईसीटी स्कलसीपबाट ४ जना, आईसिटी मेरिट स्कलरसीपबाट ३ जना गरी एक प्रदेशबाट ७ जनालाई छात्रवृत्ति प्रदान गरिने कलेजका अध्यक्ष एवं महासंघका पूर्व महासचिव पंकज जलानले बताए ।
सातैवटा प्रदेशबाट कुल ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासिफीक युनिभर्सी्टि अफ टेक्नोलोजी एण्ड एनोभेसनको एफिलेशनमा सन्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बिएसस्सी आईटीको अध्ययन गर्न पाउनेछन् ।
नेपाल सरकारको मान्यताप्राप्त शिक्षण सस्थाबाट ५० प्रतिशतबाट अकंसहित प्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अकं ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरीङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । छात्रवृत्तिका लागि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् । छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासघंले जिल्ला, प्रदेश र केन्द्रिय स्तरको छात्रवृत्ति छनौट समिति गठन गर्नेछ ।
छनौट समितिले कक्षा १० र कक्षा १२ को प्राप्त अकं, स्थायी ठेगाना, आर्थिकक अवस्था र स्थानिय सरकारको सिफारीस लगायतका आधारमा छनौट गर्नेछ । छात्रबृत्तिका लागी इच्छुक विद्यार्थीले क्यान महासघंको जिल्ला शाखामा सिधै अथवा क्यान महासघंको वेबसाइट धधध.अबल,यचन.लउ बाट आवेदन दिन सक्ने कास्कीका अध्यक्ष युवराज पौडेलले बताए ।
आवेदन दिँदा साथमा फोटो, नागरीकता या जन्मदर्ता प्रमाणपत्र, कक्षा १० र १२ को मार्क्सिटको प्रतिलिपी, कक्षा १२ को प्रवेशपत्र र स्थानिय सरकारको सिफरीसपत्र पेस अनिवार्य गर्नुपर्ने बताएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु