घरपझोङको बजेट २१ करोड ९१ लाख

घरपझोङको बजेट २१ करोड ९१ लाख

g-profile
सुन्दर कुमार थकाली,मुस्ताङ
मुस्ताङको ५ स्थानीयतह मध्ये घरपझोङ गाउँपालिका कार्यालय जोमसोमले सोमबार आगामी आर्थिक वर्ष ०७५÷०७६ का लागि २१ करोड ९१ लाख ८२ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
‘समावेशी,सामाजिक रुपान्तरण,प्रकृती संरक्षण र संस्कृती ।कृषि,पर्यटन,पर्यावरण,पुर्वाधार घरपझोङको समृद्धि’ भन्ने मुलमन्त्र सहित सोमबार घरपझोङ गाउँपालिका कार्यालयले वडा नम्बर ३ स्याङ सामुदायिक भवनमा तेश्रो गाउँसभाको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको जनाएको छ ।सो अवसरमा बजेट सार्वजनिक गर्दे घरपकी उपाध्यक्ष शर्मिला गुरुङले बजेटले आर्थिक समृद्धिको कदममा बामे सरेको उल्लेख गरिन् ।उनले संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदान,राजश्व बाँडफाँड,सर्शत अनुदान आन्तरिक राजश्वबाट संङ्कलन हुने बजेटलाई जोडेर आर्थिक विनियोजन भएको जनाईन् ।जसअन्तर्गत आन्तरिक आयतर्फ ६५ लाख ४८ हजार ५ सय ,आन्तरिक राजश्व बाँडफाँड तर्फ ७९ लाख ५० हजार,संघीय सरकारबाट प्राप्त बिक्तिय समानिकरण अनुदान ६ करोड,प्रदेश सरकारबाट प्राप्त बिक्तिय समानिकरण अनुदान १ करोड ९ लाख २३ हजार,संघीय सरकारबाट प्राप्त राजश्व बाँडफाँड ३ करोड,प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँड ७ लाख ११ हजार ३ सय ४४ र सशर्त अनुदान संघीय सरकारबाट १० करोड ३० लाख ६० हजार रहेको छ ।संघीय सरकारको कुल बजेट १६ करोड ३० लाख ६० हजार छ, भने प्रदेश सरकारबाट १ करोड १६ लाख ३४ हजार रहेको उल्लेख गरिन् ।गत वर्ष संघीय सरकारबाट घरपझोङका लागि १८ करोड ४० लाख ५७ हजार बिनियोजन भएको गुरुङले जानकारी दिईन् ।

उनका अनुसार घरपझोङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विषयगत कार्ययोजना अघि बढाउन सोही अनुसारको बजेट बाँडफाँड भएको छ ।जसअन्तर्गत बिनियोजन गरिएको बजेटमा आर्थिक बिकासतर्फ २ करोड ६० लाख,सामाजिक बिकासतर्फ १ करोड १२ लाख,पुर्वाधार बिकास तर्फ २ करोड ६० लाख,वातावरण तथा विपद व्यवस्थापन तर्फ७९ लाख ४३ हजार ५ सय ७३,सुशासन तथा संस्थागत बिकास तर्फ ४० लाख,गाउँपालिका स्तरिय संस्थागत कार्यक्रम तर्फ १ करोड २४ लाख ८३ हजार,प्रशासनिक खर्च तर्फ ३५ लाख ६ हजार २ सय ७१,चालु खर्च २ करोड ५० लाख र सशर्त अनुदान १० करोड ३० लाख ६० हजार छ ।
घरपझोङ गाउँपालिकाको तेश्रो गाउँसभाको जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङले दिपप्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेकी थिईन् ।कार्यक्रम प्रमुख अतिथि छिरिङ ल्हामो गुरुङ,प्रदेश सभासद महेन्द्रबहादुर थकाली,प्रमुख जिल्ला अधिकारी सिडियो शिशिर पौडेल ,पुर्व सभासद चन्द्रबहादुर थकालीले गाउँपालिकालाई सुभकामना मन्तव्य व्यक्त  दिएका थिए ।सो क्रममा गाउँपालिका अध्यक्ष आशबहादुर थकालीले गाउँसभाको बजेट घोषणा  कार्यक्रममा आमन्त्रित सबै आतिथिलाई धन्यवाद व्यक्त गरे

घरपझोङ गाउँपालिकाको तेश्रो गाउँसभामा बिभिन्न व्यक्तिलाई सम्मान गरिएको छ ।गाउँपालिकाद्धारा सम्मानित हुने ज्येष्ठ नागरिक महिला तर्फ घरप ५ ढम्बाकी ९९ वर्षकी ढोल्म गुरुङ र पुरुष तर्फ घरप १ चिमाङका ९१ वर्षिय लालबहादुर थकाली सम्मानित भएका हुन् ।उनीहरुलाई नगद १०÷१० हजार,सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।गाउँपालिकाले स्थानीयतहमा संञ्चालित ८ वटा आधारभुत बिद्यालय मध्ये जनकल्याण आधारभुत बिद्यालय स्याङलाई उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरेको छ ।पुरस्कृत हुने बिद्यालयलाई गाउँपालिकाले ५० हजार र बिद्यालयका शिक्षकलाई प्रोत्साहन स्वरुप ५० हजार प्रदान गरेको जनाएको छ ।
त्यस्तै गाउँपालिकामा सबै भन्दा बढी कर तिर्ने व्यवसायी मेन्थाङ अर्गानिक स्याँउ फर्मका प्रोपाईटर कर्मा गुरुङलाई सम्मान गरिएको थियो ।प्रोपाईटर गुरुङले चालु आर्थिक वर्षमा ५२ हजार ४ सय गाउँपालिकामा बुझाएका थिए ।कार्यक्रममा सम्मानित हुने संस्था र व्यक्तिलाई जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ,प्रमुख जिल्ला अधिकारी सिडियो शिशिर पौडेल र गाउँपालिका अध्यक्ष आशबहादुर थकालीले सम्मानपत्र ,दोसल्ला र नगद पुरस्कारले सम्मान गरेका थिए ।

गाउँपालिका अध्यक्ष आशबहादुर थकालीको अध्यक्षतामा भएको गाउँभेला बजेट समारोहमा स्वागत वडा नं.३ स्याङका अध्यक्ष महेन्द्र थकालीले गरेका थिए भने संञ्चालन प्रशासकिय अधिकृत मैयाँ कडेलले गरेकी थिईन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ