सुन्दर कुमार थकाली,मुस्ताङ
आसन्न प्रदेश स्तरिय बक्तृत्वकला प्रतियोगिताका लागि जिल्ला युवासमिति मुस्ताङले मंगलबार जोमसोममा प्रतिभा छनौट कार्यक्रम आयोजना गरेको छ ।
युवा समितिले जिल्लाका युवालाई बिभिन्न क्षेत्रमा लक्षित कार्यक्रम गर्दे आएकोमा यो अन्तिम कार्यक्रम भएको जनाएको छ ।जसअन्तर्गत युवाहरुलाई कुनैपनि सभा तथा समारोहमा प्रखर रुपमा बोल्नसक्ने र आफ्ना कुरा अरु समक्ष स्पष्ट रुपमा प्रस्तुत गर्नसक्ने कलाको क्षमताबृद्धि गर्नका लागि प्रदेशसभा ४ ले यही असार २३ गते प्रदेश स्तरिय बक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।जसको छनौटका लागि युवा समिति मुस्ताङले जोमसोममा जिल्ला स्तरिय युवा प्रतिभा पहिचान तथा छनौट कार्यक्रम आयोजना गरेको कार्यालय प्रमुख मतिलाल चपाईले जनाए ।
जिल्ला युवा समिति मुस्ताङले आयोजना गरेको ‘समृद्ध नेपाल,सुखी नेपाली अभियानमा युवाहरुको भुमिका बिषयक जिल्ला स्तरिय प्रतिभा छनौट बक्तृत्वकलामा धौलागिरी आवासीय माविका छात्र पेमा वाङ्गेल गुरुङ पहिलो भएका हुुन् ।छनौट भएका गुरुङ आसन्न प्रदेशसभाद्धारा आयोजना गरिने बक्तृत्वकला प्रतियोगितामा मुस्ताङबाट सहभागी हुने कार्यालय प्रमुख चपाईले बताए ।त्यस्तै, जनआदर्श माध्यमिक बिद्यालय कोवाङकी छात्रा कुसुम खड्का दोश्रो भईन् भने योगेन्द्र माध्यमिक बिद्यालय टुकुचेकी छात्रा श्रीसा पुनमगर तेश्रो भईन् ।
कार्यक्रम प्रदेश बक्तृत्वकला प्रतियोगितामा छनौट भएका पेमा वाङ्गेल गुरुङले नगद ३ हजार प्रमाणपत्र प्राप्त गरे ।दोश्रो भएकी कुसुम खड्काले २ हजार र प्रमाणपत्र र तेश्रो भएकी श्रीसा पुनमगरले १ हजार र प्रमाणपत्र पाएका छन् ।पुरस्कृत प्रतियोगिलाई सिडियो शिशिर पौडेल,जिल्ला युवा समितिका कार्यालय प्रमुख मतिलाल चपाईले पुरस्कार हस्तान्तरण गरेका थिए ।प्रतिभा पहिचान तथा छनौट समितिको मुल्याङ्कनमा घरपझोङ गाउँपालिकाकी प्रशासकिय अधिकृत मैयाँ कडेल,अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना –एक्याप) जोमसोमका प्रमुख तुलसी दाहाल र नेपाल बैङ्क लिमिटेडका नवराज सुबेदी रहेका थिए ।जिल्लाका ३ स्थानीयतहका करिव आधा दर्जन बिद्यालयका युवा बिद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए ।
सिडियो शिशिर पौडेलले देशका युवापंक्ति देशकै मेरुदण्ड भएकाले देशको आर्थिक बिकास र समृद्धिमा युवापंक्ति नै जुट्नु पर्ने बेला आएको बताए ।जिल्ला युवा समिति मुस्ताङका प्रमुख मतिलाला चपाईले राष्ट्रिय युवापरिषदको कार्यक्रम बमोजिम समिति मार्फत जिल्लामा युवा लक्षित कार्यक्रम गर्दे आएको खुलाए ।समितिका अध्यक्ष मतिलाल चपाईको अध्यक्षतामा भएको कार्यक्रममा संञ्चालन कार्यालयका कम्पूटर अपरेटर अजय गोतामेले गरेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?