तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी २ जना पक्राउ गरेको छ । तनहुँ प्रहरीले गुण्डागर्दी गरि फरार रहेका प्रतिवादी लाइ पक्राउ गर्ने अभियान सुरु गरेको छ । प्रहरीको सो अभियान सुरु भए संगै फरार प्रतिबादिहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
तनहुँको व्यास नगरपालिका वडा नं. ७ सत्रसय स्थित गत २०७४ भदौ १६ गते राती सोहि स्थान बस्ने बर्ष २५ को चुन बहादुर गुरुङ, बर्ष ३० को चिमानसिंह गुरुङ र बर्ष २९ को बिजय क्षेत्रीलाई सोम बहादुर गुरुङ भन्ने अजय गुरुङ समेतको समुहले धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाएका थियो ।
उक्त घटनाको प्रतिबादी ब्यास नगरपालिका वडा नं. ४ हरिओम टोल बस्ने बर्ष २५ को साजन शाहीलाई गत आइतबार राती व्यास नगरपालिका वडा नं. १० पिजन हिल होटल एण्ड लजमा लुकी छिपी बसेको अबस्थामा तनहुँ प्रहरिले पक्राउ गरेको हो । उक्त घटनामा तुलसा गुरुङको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी सोम बहादुर गुरुङ भन्ने अजय गुरुङ समेत भएको ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात फरार रहेका शाही पक्राउ परेका हुन । शाही लाइ पक्राउ गरी आबश्यक कार्बाहीको लागि जिल्ला अदातल तनहुँमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यस्तै, तनहुँ प्रहरीले मंगलबार ज्यान मार्ने उद्योग मुद्धामा संलग्न रही वारदात पश्चात भागी फरार रहेका प्रतिबादी म्याग्दे गाउँपालिका वडा नं. ७ रानिश्वारा बस्ने ३० वर्षीय बिकास नेपालीलाई पक्राउ गरेको छ ।
ब्यास नगरपालिका वडा नं. ४ दमौलीमा रहेको ड्राईभ इन होटल एण्ड लज भित्र बिरेन भन्ने बिरेन्द्र गुरुङलाई धारिलो हतियार खुकुरीले प्रहार गरी सख्त घाईते तुल्याएको घटनामा अमिर गुरुङको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी ज्योती रोका समेत भएको ज्यान मार्ने उद्योग मुद्धा र गत २०७४ फागुन ९ गते जिल्ला म्याग्दे गाउँपालिका वडा नं. ६ मा सन्जिब राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी सख्त घाईते तुल्याएको घटनामा लक्ष्मी राईको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी मिलन पौडेल समेत भएको ज्यान मार्ने उद्योग मुद्धामा संलग्न रही वारदात पश्चात भागी फरार रहेका प्रतिबादी बिकास नेपालीलाई मंगलबार घरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । नेपालि लाइ पक्राउ गरि आवश्यक कार्वाहीको लागी जिल्ला अदालत तनहुँ पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ