पोखरा, २० असार । प्रदेश नम्बर ४ को नाम गण्डकी राख्ने लगभग निश्चित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले गण्डकी नाम राख्न सहमति जुटाएको हो ।
निकै लामो छलफल र बहसपछि नेकपाका सांसदहरु बीच गण्डकी नाम राख्ने बिषयमा सहमति जुटेको हो । विशेषगरी माओवादी तर्फका सांसदहरु पहिचान सहितको नाम हुनुपर्ने भन्दै गण्डकी तमुवान राख्ने पक्षमा देखिएका थिए । केही एमालेका सांसदहरुले पनि त्यसलाई समर्थन गरेका थिए ।
तर धेरैको धारणा जातिय नाम भन्दा साझा नामको पक्षमा भएकोले छलफल लम्बिएको हो । केन्द्रिय तहका नेताहरुले पनि जाति नाम नराख्न आग्रह गरेपछि र बहुमत सांसदले गण्डकीको पक्ष लिएपछि प्रदेशको नामाकरण गण्डकी हुन लागेको हो ।
अर्थमन्त्री किरण गुरुङले समेत गुरुङहरुको पहिचान गण्डकीमा रहेकोले गण्डकी प्रदेश उपयुक्त हुने अभिब्यक्ति दिएपछि केही दिन पोखरामा नामको बिषयले निकै धेरै चर्चा पाएको थियो । नेकपाभित्रकै केही सांसदले हिमालयन प्रदेश पनि अघि सारेका थिए । नेकपा बाहेक काँग्रेस र जनमोर्चाले गण्डकी नाम राख्न पार्टीगत रुपमा निर्णय गराएर बुझाईसकेका छन् भने नयाँ शक्तिले चाहीँ गण्डकी–तमुवान राख्न प्राथमिकताका साथ सिफारिस गरेको छ ।
डिएनएनेपालको सहयोगमा
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ