तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका ८ कोटथोकमा १५ लाख २१ ह्जार ३ सय ३७ रुपैयाँको लागतमा लिफ्ट खानेपानी आयोजना सम्पन्न भएको छ ।
व्यास नगरपालिकाको ६ लाख, तनहुँ समाज हङ्गकङ्गको ६ लाख, कोटथोक सम्पर्क समाज युकेबाट प्राप्त ५ लाख ७० हजार ६ सय ९५, कोटथोक सम्पर्क समाज पोखराको २ लाख २२ हजार ४ सय ४६, साविक क्यामिन गाविसबाट प्राप्त १ लाख ३५ हजार ९ सय, कोटथोक सम्पर्क समाज दमौलीको ३४ हजार, संगम युवा क्लब दमौलीबाट प्राप्त २५ हजार र अन्य विभिन्न व्यक्तिबाट प्राप्त सहयोगबाट आयोजना सम्पन्न भएको हो ।
८ हजार लिटर क्षमताको टयाङकी जडित खानेपानी आयोजनाबाट एक सार्वजनिक सहित र १४ घरपरिवार लाभान्वित हुने गरी १५ धारा वितरण गरिएको कोटथोक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर गुरुङ्गले जानकारी दिए । विगतमा ६५ घरधुरी बसोबास गर्दै आएकोमा कोटथोकमा हाल जम्मा १४ घरधुरी बाँकी छन् । खानेपानी अभावले अन्यन्त्र बसाई सर्ने क्रम बढ्दै जादाँ गाँउ नै खाली हुने खतरामा पुगेको गुरुङ्गले चिन्ता व्यक्त गरे । आयोजनाको शुक्रवार एक कार्यक्रमका बिच प्रदेश सभा सांसद सरिता गुरुङ्गले उद्घाटन गरिन ।
खानेपानी आयोजना उद्घाटन गर्दै गुरुङ्गले ऐतिहासिक ठाउँ भएपनि कोटथोक विकासमा धैरे पछाडि परेकाले कोटथोकमा विकासका पुर्वाधार विस्तारका लागी आफुले पहल गर्ने बताइन् । त्यस्तै खानेपानी आयोजनाको सदुपयोग हुनुपर्नेमा सांसद गुरुङ्गको जोड थियो । १५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएपनि आयोजना सञ्चालनका लागी २२ लाख २४ हजार १ सय ५५ रुपैयाँ प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर गुरुङ्गले जानकारी दिए । आयोजनाको लागतको ७ लाख बढी रकम आम्दानी भएकाले आयोजना मर्मत सम्हार तथा गाँउलेलाई प्राविधिक तालिम दिनमा खर्च गरिने गुरुङ्गले जानकारी दिए ।
उपभोक्ता समितिका अध्यक्ष गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा एनजिओ नेटवर्क तनहुँका अध्यक्ष प्रतापसिंह गुरुङ्ग, साविक क्यामिन गाविसाका पुर्व अध्यक्ष शिव सिंह गुरुङ्ग, नेपाल प्लेहेम परिवारका केन्द्रिय अध्यक्ष टक बहादुर गुरुङ्ग, तनहुँ समाज हङ्गकङ्गका पुर्व अध्यक्ष भिमराज गुरुङ्ग निवर्तमान अध्यक्ष जंग थापा, नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष प्रदीप काफ्ले, तनहुँ तमु समाज पोखराका पुर्व अध्यक्ष सु.मे प्रेमचन्द गुरुङ्ग, सल्लाहकार केश बहादुर गुरुङ्ग, क्यासमिरी पर्यटन बोर्डका अध्यक्ष शम्शेर बहादुर कुवँर, माया गुरुङ्ग लगायतले आयोजना दिगो हुनुपर्नेमा जोड दिएका थिए । उपभोक्ता समितिका सल्लाहकार सोम बहादुर गुरुङ्गले स्वागत गरेको कार्यक्रमको सञ्चालन रामचन्द गुरुङ्गले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्