पोखरा । गरिबीकै कारण पढाइ छाड्ने स्थितिमा पुगेका बालबालिकालाई पढाइमा प्रोत्साहन गर्ने उद्देश्यले पोखरामा च्यारिटी शो हुने भएको छ । आउँदो साउन ४ गते शुक्रबारका दिन पोखराको बाराही सिनेमा हलमा नेपाली कथानक चलचित्र ”पशुपति प्रसाद” को च्यारिटी शो गर्न लागिएको हो ।
बिगत देखि बिभिन्न सामाजिक कार्य गर्दै आएको युवाहरुको सामाजिक संजाल समुह WE ARE ONE (WAO) र YOUTH IN SOCIAL CHANGE को संयुक्त आयोजनामा हुन लागेको उक्त शो को लागि लिओ क्लब अफ पोखरा पिस भ्याली र पहिलो पाइलाले सहकार्य गरेका छन् भने युथ हेल्पिङ ह्यान्डस,ब्लाइन्ड युथ एसोसिएसन नेपाल र मुस्कान गाइज लगायतको सपोर्ट रहेको छ ।
बालबालिकालाई उचित शिक्षा दिने काम सरकारको हो तर सधैं सरकारको मुख ताकेर मात्र बस्नु भन्दा नागरिक स्तरबाट समेत सामाजिक परिवर्तनको लागि सबैले सक्दो पहल गरौँ भन्ने उद्देश्यले नै यो कार्यक्रम गर्न लागिएको WE ARE ONE का संयोजक सूर्य तिमिल्सिनाले बताए |उनका अनुसार च्यारिटी शो बाट बचेको रकमबाट तनहुँको घिरिङ गाउँपालिकामा रहेको राष्ट्रिय मा.वि. मा शैक्षिक तथा खेलकुद सामाग्री,सेतोपाटी,कम्प्युटर लगायतका सामाग्री वितरण गरिने छ ।
दुर्गम भेगका बिध्यार्थीहरु पनि सूचना प्रविधि संग जानकार हुन् भन्ने उद्देश्यले आँफुहरुले यो अभियान संगै दुर्गम भुगका बिद्यालयमा समेत कम्प्युटर शिक्षाको लागि पहल गरिरहेको Youth In Social Change का प्रदिप ज्ञवालीले बताए |आँफुहरुको यो कुनै एक बिद्यालय बिशेष कार्यक्रम मात्र नभई अभियान नै भएकोले सहयोगको लागि अपिल समेत गरेका छन् ।
युवाहरुले यस अघि स्याङजा आँधीखोला गाउँपालिकाको चिलाउनेवास प्रा.वि.,सोहि स्थानकै संस्कृत गुरुकुल,धादिङ केवलपुर लगायतका स्थानमा कम्प्युटर,शैक्षिक,खेलकुद तथा खाध्य सामाग्री वितरण गरिसकेका छन् भने अति बिपन्न बिध्यार्थीहरुलाई बिद्यालय शिक्षा सम्म पढाउन जिम्मा नै लिएर वर्षेनी सहयोग समेत गर्दै आएका छन् ।
तपाइँ पनि दुर्गम भेगका बिपन्न बालबालिकालाई पढाइमा प्रोत्साहन गर्ने अभियानमा केहि सहयोग गर्न चाहनुहुन्छ भने सूर्य तिमिल्सिना (९८५६०८३२९९),प्रदिप ज्ञवाली(९८६९०९१७३८),संकेत तिमिल्सिना(९८४६८५६२०१) लाई सम्पर्क गर्न सक्नुहुने छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला