पोखरा । पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत व्यवस्थापन संकायका दुई जना प्राध्यापकहरु डा. कर्णवीर पौड्याल र जनपुकार मुनन्कमीको बिदाइ गरिएको छ ।
समारोहमा दुवै प्राध्यापकहरुले पृथ्वीनारायण क्याम्पसको शैक्षिक उन्नयनका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै क्याम्पसले सम्मान गरेको हो । कार्यक्रममा प्राध्यापकद्वयलाई प्रा. डा. बेदनाथ शर्मा, कृष्णराज ढुंगाना, रामबहादुर थापा, व्यवस्थापन अनुसन्धान बिभाग प्रमूख ईन्द्र प्रसाद शर्मा, सहायक क्याम्पस प्रमुख वीरवहादुर कार्की, क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाले खादा, ढाकाटोपी र मायाको चिनो प्रदान गरे ।
कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.चन्द्र बहादुर थापाले पेन्सन नो टेन्सन भनेझै निवृत्त जिवन सुखमय रहने विश्वास ब्यक्त गर्दै बिदाई हुन लागेका ब्यक्तिहरुले क्याम्पसको शैक्षिक स्तरलाई माथी उकास्न खेलेको भुमिकाको प्रशंसा गरे ।
व्यवस्थापन अनुसन्धान बिभाग प्रमुख ईन्द्र प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा बिश्वबिद्यालयका पुर्व उपकुलपति प्रा.डा. केशरजंग बरालले आगामी दिनमा बिदाई कार्यक्रमलाई अनौपचारीक बनाउन सुझाव दिँदै निवृत्त जिवनलाई थप क्रियाशिल बनाउन आग्रह गरे । सहायक क्याम्पस प्रमुखद्धय वीरबहादुर कार्की र बसन्त पराजुलीले सफल र सुखी निवृत्त जिवनको शुभकामना दिए ।
दुई प्राध्यापकका जीवनीबारे पुर्व सहायक क्याम्पस प्रमुख देबीलाल शर्मा र उपप्राध्यापक बिष्णुप्रसाद अधिकारीले प्रकाश पारेका थिए । उक्त कार्यक्रमको संचालन प्राध्यापक धनेश्वर रखालले गरेका थिए ।
सम्बन्धित खबर
चुनाव भाँड्न खोज्नेकै माग अनुसार जनप्रिय क्याम्पस प्रशासनले रोक्यो निर्वाचन प्रक्रिया
पोखरा वडा नं. २१ का अध्यक्ष सुवेदीमाथि रड प्रहार, गिरी विरुद्ध प्रहरीमा उजुरी
प्रथम पिङ्क सिटी महोत्सव कपको उपाधि गल्याङलाई
सामाजिक विकास कार्यालय स्याङ्जाद्वारा बालसाहित्य पुस्तक वितरण
सहारा युकेका संस्थापक अध्यक्ष गुरुङद्वारा सहयोग हस्तान्तरण
स्ववियू चुनाव: पोखरा नर्सिङ क्याम्पस सभापतिमा रचना पौडेलको उम्मेदवारी
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
होलिल्याण्ड बाराही घाटमा नहुने, नयाँ भेन्यु कोमागाने पार्क तय