बेल्जियमलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डर सामुयल उम्टिटीको दोस्रो हाफको गोल निर्णायक बन्दा फ्रान्सले उपाधिको दाबेदार बेल्जियमलाई १–० ले हरायो । सन् १९९८ को विजेता फ्रान्सले सन् २००६ मा पनि फाइनलमा स्थान बनाएको थियो ।
प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । ३४औं मिनेटमा फ्रान्सले निकै राम्रो मौका पाएको थियो । तर एन्टोइन ग्रिजम्यानको पासमा एमबाप्पेले मिलाइदिएको बललाई ओलिभर जिरुडले गोलमा परिणत गर्न सकेनन् । ४०औं मिनेटमा फ्रान्सले अर्को मौका पाएको थियो । एमबाप्पेको पासलाई पाभार्डले गोलको दिशा दिएपनि बेल्जियमका गोलकिपर कोट्र्वा बाधक बने ।
पहिलो हाफको इन्ज्युरी समयमा बेल्जियमले निकै राम्रो मौका पाएको थियो । केभिन डि ब्रुयनको क्रसलाई रोमेलु लुकाकुले कनेक्ट गर्न नपाएपछि पहिलो हाफ गोलरहित बन्यो ।
दोस्रो हाफको छैटौं मिनेटमा फ्रान्सले अग्रता लियो । ग्रिजम्यानको कर्नर प्रहारलाई सामुयल उम्टिटीले हेडमार्फत गोलमा परिणत गरे । यसक्रममा उनले मेराउन फेलानीलाई बिट गरेका थिए ।
इन्ज्युरी समयमा फ्रान्सले दुईवटा उत्कृष्ट अवसर पाएको थियो । ग्रिजम्यान र टिलिसोको प्रहारलाई बेल्जियम गोलकिपरले सहजै बचाए ।
बेल्जियमले बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न नसक्दा पहिलो पटक विश्वकप फाइनल खेल्ने लक्ष्य पूरा हुन सकेन । फ्रान्सले अब इंग्ल्याण्ड र क्रोएसियाबीचको विजेतासँग २१औं संस्करणको उपाधिका लागि खेल्नेछ । इंग्ल्याण्ड र क्रोएसियाबीचको सेमिफाइनल बुधबार हुनेछ ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?