सुन्दरकुमार थकाली ,
मुस्ताङ जिल्ला प्रशासन कार्यालय मुस्ताङमा मिठो मुस्कान सहितको प्रशासनिक सेवा सुरु भएको जनाईएको छ ।
कार्यालयमा सेवा लिन आउने महिला तथा अपा®ता भएका सेवाग्राही व्यक्तिलाई लक्षित गरेर यसप्रकारको विशेष कार्यक्रम अघि बढाईएको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलको भनाई छ ।उनले यसका लागि विभिन्न पुर्वाधार समेत तयार भईसकेको जनाए ।
प्रशासनलाई मुस्कान सहितको सेवामैत्री कार्यालय बनाउने लक्षका साथ विभिन्न कार्यकक्षहरु समेत संञ्चालन भएको छ । जसअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा नागरिकता,पासपोर्ट लगायतका सेवा लिन आउने महिला सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दे शिशुस्याहार स्थलमा २ वटा वेदवाँसका कोक्रोको समेत व्यवस्था गरिएको छ ।सेवाग्राहीले सेवा लिने क्रममा आफ्ना वालवालिकालाई कोक्रोमा राखेर सेवा लिन सक्ने भएका छन् ।
त्यस्तै,कार्यालय आउने महिलाको शहजताका लागि सेवाप्राप्त गर्ने अवधिभर आफ्नो काखको बच्चाबच्ची भोकाएर आमाको दुध खुवाउन परेमा अलग्गै स्तनपान कक्षको व्यवस्था गरिएको छ । त्यसका साथै कार्यालयले सेवाग्राही महिलाका लागि छुट्टै शौचालय समेत व्यवस्था गरेको प्रशासनले जनाएको छ ।
त्यस्तै,कार्यालय परिसरलाई अपा® मैत्री तुल्याएको छ ।यसका लागि सिडियो लगायत अन्य कर्मचारीले भईतलाबाट नै सेवा प्रवाह गर्ने भएका छन्।कार्यालयलाई मुस्कान सहितको सेवा प्रवाह गर्न कार्यरत कर्मचारीलाई सेवाग्राही भावले काम गर्न निर्देशन दिईएको प्रजिअ पौडेलले जानकारी दिए ।
उनले कार्यालय परिसरलाई थप आर्कषक र सफासुघ्घर पारिएको जनाए ।उनका अनसार सेवाग्राहीको सुविधाका लागि दक्ष कर्मचारीलाई हेल्फ डेस्कमा व्यवस्थापन गरिएको र त्यसबाट सेवाग्राहीको निवेदन आदीको लेखापढीका कार्यहरु संञ्चालन हुनेछ । प्रजिअ पौडेलले जिल्ला प्रशासन कार्यालयमा हुने सबै सेवाहरु पारदर्शी हुने उल्लेख गर्दे विचौलिया शुन्य कार्यालयको रुपमा बिकास गर्ने पुरै तयारीका कार्यक्रम अघि बढेको उल्लेख गरे ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह