सुन्दरकुमार थकाली ,
मुस्ताङ जिल्ला प्रशासन कार्यालय मुस्ताङमा मिठो मुस्कान सहितको प्रशासनिक सेवा सुरु भएको जनाईएको छ ।
कार्यालयमा सेवा लिन आउने महिला तथा अपा®ता भएका सेवाग्राही व्यक्तिलाई लक्षित गरेर यसप्रकारको विशेष कार्यक्रम अघि बढाईएको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलको भनाई छ ।उनले यसका लागि विभिन्न पुर्वाधार समेत तयार भईसकेको जनाए ।
प्रशासनलाई मुस्कान सहितको सेवामैत्री कार्यालय बनाउने लक्षका साथ विभिन्न कार्यकक्षहरु समेत संञ्चालन भएको छ । जसअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा नागरिकता,पासपोर्ट लगायतका सेवा लिन आउने महिला सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दे शिशुस्याहार स्थलमा २ वटा वेदवाँसका कोक्रोको समेत व्यवस्था गरिएको छ ।सेवाग्राहीले सेवा लिने क्रममा आफ्ना वालवालिकालाई कोक्रोमा राखेर सेवा लिन सक्ने भएका छन् ।
त्यस्तै,कार्यालय आउने महिलाको शहजताका लागि सेवाप्राप्त गर्ने अवधिभर आफ्नो काखको बच्चाबच्ची भोकाएर आमाको दुध खुवाउन परेमा अलग्गै स्तनपान कक्षको व्यवस्था गरिएको छ । त्यसका साथै कार्यालयले सेवाग्राही महिलाका लागि छुट्टै शौचालय समेत व्यवस्था गरेको प्रशासनले जनाएको छ ।
त्यस्तै,कार्यालय परिसरलाई अपा® मैत्री तुल्याएको छ ।यसका लागि सिडियो लगायत अन्य कर्मचारीले भईतलाबाट नै सेवा प्रवाह गर्ने भएका छन्।कार्यालयलाई मुस्कान सहितको सेवा प्रवाह गर्न कार्यरत कर्मचारीलाई सेवाग्राही भावले काम गर्न निर्देशन दिईएको प्रजिअ पौडेलले जानकारी दिए ।
उनले कार्यालय परिसरलाई थप आर्कषक र सफासुघ्घर पारिएको जनाए ।उनका अनसार सेवाग्राहीको सुविधाका लागि दक्ष कर्मचारीलाई हेल्फ डेस्कमा व्यवस्थापन गरिएको र त्यसबाट सेवाग्राहीको निवेदन आदीको लेखापढीका कार्यहरु संञ्चालन हुनेछ । प्रजिअ पौडेलले जिल्ला प्रशासन कार्यालयमा हुने सबै सेवाहरु पारदर्शी हुने उल्लेख गर्दे विचौलिया शुन्य कार्यालयको रुपमा बिकास गर्ने पुरै तयारीका कार्यक्रम अघि बढेको उल्लेख गरे ।
सम्बन्धित खबर
मुस्ताङमा बाढीले चार पुल बगायो, दुई पुलमा क्षति
मुस्ताङका क्रियाशील पत्रकार थकाली सम्मानित
मुस्ताङमा घोडा र साइकल र्याली
हलिउड फिल्म ‘टासी’को छायांकन टोली मुस्ताङमा
प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट २० बुँदे लोमन्थाङ घोषणापत्र जारी गर्दै सम्पन्न
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट ८ च्याङ्ग्रा मरे
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा