महेन्द्र जिसी, पर्वत । गत असार १५ गते मेडिकल सुपरिटेन्डेन्ट सरुवा भएपछि दुई सातासम्म स्थायी दरबन्दीको प्रमुख नहुँदा जिल्ला अस्पताल पर्वत प्रशिक्षार्थीको भरमा चलिरहेको छ ।
अस्पतालमा कार्यरत डाक्टर बुद्धिबहादुर थापाको दुई साताअघि स्वास्थ्य सेवा विभागमा सरुवा भएपछि अहिले अस्पताल प्रशिक्षार्थी डाक्टरको भरमा छ । अस्पतालमा अहिले कार्यरत सबै डाक्टर करार दरबन्दीका रहेकाले कुश्मा नगरपालिकाले ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सजिना महर्जनलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको छ ।
स्थानीय तह कार्यान्वयनपछि जिल्ला अस्पतालको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी कुश्मा नगरपालिकामा आएको थियो । अस्पतालमा तत्काल मेडिकल सुपरिटेन्डेन्ट आउन सक्ने सम्भावना नरहेको महर्जनले बताए ।
आठौं तहका डाक्टर सरोज दाहाल यसअघि नै एमडी अध्ययनका लागि बिदा बसेपछि एकमात्रै डाक्टरको भरमा अस्पताल चलेको थियो । जिल्ला अस्पतालको व्यवस्थापन र स्तरवृद्धि जिम्मा कुश्मा नगरपालिकाले लिएपछि कार्यरत कर्मचारी अहीले पदीय दायित्वभन्दा पारिवारिक काममा बढी व्यस्त हुने गरेका छन ।
अस्पताल अहिले करारका डाक्टर र प्रयोगात्मक अभ्यासमा आएका विद्यार्थीको भरमा चलिरहेको छ । वर्षाको सिजनमा टाइफाइड, ज्वरो, रुघाखोकी, निमोनियाका बिरामी बढी आउने गरेको भएपनि सामान्य विरामीहरु समेत निजी अस्पतालमा पुपचार गर्न बाध्य रहेका हुन । तर, मुख्य डाक्टर नै नभएपछि उनीहरू थप मर्कामा परेका हुन ।
अस्पताल आएपछि सामान्य चेक पनि नगरी पोखरा पठाइने गरेको उपचारका लागि आएका मुडिकुवाका लालबहादुर नेपालीले बताए । ‘उपचारै नपाइने कस्तो अस्पताल हो ?’ दिनभर बसेर डाक्टर नभएको थाहा पाएपछि बाजुङकी पार्वती क्षेत्रीले आक्रोश पोखिन् । अहिले अस्पतालले सामान्य झाडापखालाको उपचार गराउन आउँदासमेत पोखरा रिफर गरिएको बिरामीको गुनासो छ ।
वर्षा र गर्मी मौसम भएकाले अहिले अस्पतालमा दैनिक एक सय हाराहारी बिरामी आउने गरेका छन् । प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नभएपछि अन्य कर्मचारीको मनोमानी बढेको गुनासो सेवा ग्रहीले गरेका छन । अस्पतालमा सञ्चालित पोषणगृह, प्रसूतिगृह, ओपीडीलगायतमा स्थानीय कर्मचारीले बेवास्ता गर्दा सबै व्यवस्थापन अस्तव्यस्त बन्दै गएको हो ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?