पोखरा । गण्डकी प्रदेशको संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सम्बोधन गर्ने भएका छन् । गण्डकी प्रदेशसभाको बिहिबारको बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रधानमन्त्री ओलीले दिउँसो १२:४० बजे संसद बैठकमा सम्बोधन गर्ने जानकारी दिइन् । प्रधानमन्त्री ओलीले बैठक सम्बोधन गर्ने भएपछि त्यसकै तयारीको लागि बुधबार दिउँसो ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकियो ।
प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने भएपछि संसद सचिवालयले सबै सांसदलाई साढे १२ बजे उपस्थित हुन सूचना जारी गरेको छ। यस्तै, सुरक्षा व्यवस्थाको तयारीको लागि सर्कुलर जारी गरिएको संसद सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए ।
उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रधानमन्त्री ओलीको संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रममा अवरोध गर्ने संकेत गरेको छ।
संसदीय दल स्रोतका अनुसार दलले लिखित रुपमा नै निर्णय नगरेतापनि कांग्रेसले गोविन्द केसीको मुद्दालाई लिएर सदन अवरुद्ध गर्ने जनाईएको हो।
देश र जनताको हितमा ल्याईएको चिकित्सा शिक्षा विधेयकलाई कांग्रेस सरकारको पालामा ल्याएजसरी नै लागु गर्नुपर्ने, डा। गोविन्द केसीको जीवनरक्षाको विषयमा सरकार जिम्मेवार नभएको विषय उठान गरेर कांग्रेसले सदन अवरुद्ध गर्ने स्रोतले जानकारी दिएको छ।
सम्बन्धित खबर
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला