डब्लूआरसीमा ‘स्ववियू टेक्निकल फेस्टिवल’ आजदेखि

डब्लूआरसीमा ‘स्ववियू टेक्निकल फेस्टिवल’ आजदेखि

raaz wrc (2)

पोखरा, ३ साउन । स्वतन्त्र विद्यार्थी युनियन, पश्चिमाञ्चल क्याम्पस लामाचौरको आयोजनामा आजदेखि राष्ट्रिय स्तरको टेक्निकल फेस्टिवल हुँदैछ । आगामी ५ गतेसम्म क्याम्पस परिसरमा चल्ने फेस्टिवलको तयारी पूरा भएको आयोजक स्वतन्त्र विद्यार्थी युनियनले जानकारी दिएको छ । आज एक समारोहका बीच पर्यटनमन्त्री रविन्द्र अधिकारीले उद्घाटन गर्दैछन् ।

‘सूचना प्रविधिको प्रयोग, पूर्वाधार विकासमा बल, व्यवहारिक ईञ्जिनियरिङ शिक्षाका लागि एफएसयू टेक्निकल फेस्टिवल’ नाराका साथ भेक्टरः डाइरेक्ट योर भिजन नाम दिएर फेस्टिवल आयोजना गरिएको हो । तीन दिनसम्म चल्ने फेस्टिवलमा प्रविधिका क्षेत्रका नयाँ आविष्कार लगायत प्रविधिसँग सम्बन्धित विषयबस्तु प्रदर्शन गरिनुका साथै ईञ्जिनियरिङ विद्याका विभिन्न प्रस्तुति देखाइने स्ववियु सभापति इन्द्र पौडेलले बताए ।

फेस्टिवलमा प्रदर्शनका लागि स्मार्ट सिटी, क्लिन इनर्जी, पर्यटन, कृषि, शिक्षा थिममा प्रोजेक्ट प्रस्तुत गरिने संयोजक किरण तिवारीले जानकारी दिए । यस्तै, इञ्जिनियरिङ विद्यार्थीका प्रोजेक्ट, रोबोट प्रदर्शन, कोड क्याम्प २०१८, दुई प्रोजेक्ट, रोबोट फुटवल प्रतियोगिता, सेमिनार, खेलकुद तथा बिबिध सांस्कृतिक कार्यक्रम पनि समावेस गरिएको संयोजक तिवारीले जनाए ।

तीन दिनसम्म सञ्चालन हुने फेस्टिवलमा विभिन्न इञ्जिनियरिङसँग सम्बन्धित कलेज, यूनिभर्सिटी, सफ्टवेयर कम्पनी, सरकारी तथा गैरसरकारी संस्थाहरुको गरी ८० बढी स्टल रहने आयोजकले जनाएको छ ।

न्यु टेक्निकल वाटर प्रुफिङ एन्ड रिहाविलेसन प्रालिको मुख्य प्रायोजनमा हुने सो फेस्टिवल सम्पन्न गर्न करिव २१ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने फेस्टिवल अवधिभर करिव २० हजार बढीले अवलोकन गर्ने संयोजक तिवारीले बताए । नेपालका उत्कृष्ट ईञ्जिनियरिङ कलेजहरुबाट सहभागिता रहने आयोजकले जनाएको छ ।

फेस्टिवलको सहप्रायोजकका रुपमा बिग एफएम १०१.२ रहेको छ भने पोखरा महानगरपालिका, गण्डकन्युज डटकम, मार्केटसंसार डटकम, प्रफेक्ट क्रियसन, नेपाल पर्यटन बोर्ड, आयुसा इन्टरनेसनल, एशियन पेन्ट, उत्साह एड्भर्ट, शिवम् सिमेन्ट, पोखरा बस व्यवसाय समिती लगायतले सहकार्य गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ