आदिकविमा नवनियुक्त क्याम्पस प्रमुख हड्खलेलाई बधाई : निवर्तमान क्याम्पस प्रमुख न्यौपानेलाई सम्मान

आदिकविमा नवनियुक्त क्याम्पस प्रमुख हड्खलेलाई बधाई : निवर्तमान क्याम्पस प्रमुख न्यौपानेलाई सम्मान

a1

तनहुँ । तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसका नवनियुत्त क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई बधाई र निवर्तमान क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानेलाई नेविसंघ क्याम्पस ईकाई र स्वतन्त्र विद्यार्थी युनियनले विहिबार एक कार्यक्रम विच सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अथिती पुर्व क्याम्पस प्रमुख तथा व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने रहेका थिए । कार्यक्रममा विशिष्ठ अथिती क्याम्पस संचालक समिति अध्यक्ष रामचन्द्र बस्नेत, ने बि संघ जिल्ला अध्यक्ष चुडामणि दाहाल रहेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य ने.बि. संघ क्याम्पस इकाइका अध्यक्ष उद्वब पौडेल, पुर्व स्व.वि.यु. सभापतिहरुको तर्फा बाट बसन्त आले, नवनियुक्त क्याम्पस प्रमुख महाप्रसाद हड्खले, क्याम्पस संचालक समितीका अध्यक्ष रामचन्द्र बस्नेत लगाएतकाले राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य स्व.वि.यु. उपाध्यक्ष एवं ने.वि.संघ. क्याम्पस इकाइ उपाध्यक्ष सुदर्शन पोख्रेलले गरेका थिए । कार्यक्रमको संचालक स्व.वि.यु. सचिव बसन्ती थापा मगरले गरेकी थिइन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ