तनहुँ । जिल्ला अदालत तनहुँबाट फैसला भई कैद संजाय तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादीहरु लाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरि फैसला कार्यन्वयन गर्ने सिलसिलामा फरार रहेका प्रतिबादीहरुलाई अदालतको फैसला अनुसारको दण्ड जरिवाना र कैद भुक्तानको लागि पक्राउ गरेको हो ।
यसरि पक्राउ पर्ने फरार प्रतिबादीहरुमा पुनराबेदन अदालत पोखराको २०७१ असोज २६ गतेको फैसलाले ६ वर्ष कैदको ठहर भएको व्यास नगरपालिका वडा नं. २ पदमचोक बर्ष ३९ को रोशन भन्ने राजिन श्रेष्ठ त्यस्तै जिल्ला अदातल तनहुँको २०७२ साउन २६ गतेको फैसलाले १ बर्ष कैद १० हजार रुपैया जरिवाना ठहर भएको म्याग्दे गाँउपालिका वडा नं.३ बस्ने बर्ष २५ भक्त बहादुर बि.क. र जिल्ला अदातल तनहुँको २०६७ माघ १२ गते भएको ४५ दिन कैद र १ लाख ६१ हजार २५० रुपैया जरिवाना ठहर भएको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ बस्ने बर्ष ४० का लक्ष्मण लामा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विहिबार तनहुँ जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले तोकिएको जरिवाना असुल उपर गरी कैद भुक्तानको लागि उनिहरुलाई थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्ल जानकारी दिए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला