म्याग्दी : खोलमा हामफाली वेपत्ता
मिति २०७५\०४\०४ गते म्याग्दी मालिकागाउँ पालिका ५ र बस्ने वर्ष ३८ को कर्ण बहादुर फगामी आफ्नै श्रीमतसंग सामान्य विवाद गरी सोहि स्थान स्थित रहेको म्याग्दी खोलामा हाम फाली बेपत्ता भएका छन् । उक्त खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटि गई खोज तलास कार्य भई रहेको छ ।
कास्की : सवारी दुर्घटना
मिति ०७५।०४।०४ गते अन्दाजी ०७:०० बजेको समयमा पोखरा लेखनाथ महानगरपालिका-९ पद्मा नर्सिङ होम अगाडि ग ११ प ६४० नं.को पल्सर मोटरसाईकलले साईकल यात्री जिल्ला धनकुटा घरभई हाल जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका-४ रामकृष्ण टोल बस्ने वर्ष-५२ को नन्द प्रसाद राईलाई ठक्कर दिँदा घाईते भई उपचारको लागी गण्डकी मेडिकल कलेज लगीएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई मोटरसाईकल चालकलाई नियन्त्रणमा लिईएको छ ।
स्याङजा : सवारी दुर्घटना १ जना घाईते
मिति २०७५।०४।०४ गते अन्दाजी १३:५० बजेको समयमा जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा न.३ बल्ले खोला स्थित सिद्वार्थ राजमार्गमा गल्याङबाट वालिङ तर्फ जाँदै गरेको ना ६ ख ६२०१ न. को बसलाई सोहि दिशाबाट जाँदै गरेको लु २ ख २०८९ न. को टिपरले ठक्कर दिदा बसमा सवार जिल्ला स्याङजा वालिङ नगरपालिका १३ बस्ने वर्ष २१ कि कबिता पाठक घाईते भई गल्याङ सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई दुबै सवारी साधन र चालकलाई नियन्त्रणमा लिईएको छ ।
म्याग्दी : बिद्युत सर्ट भई आगलागि
मिति २०७५/०४/०४ गते अन्दाजी ०९:२० बजेको समयमा जिल्ला म्याग्दी बेनी नगरपालिका०१ खबरा आनन्दबगर बस्ने सन्तोष बोगटिको दुई तले ढुङ्गा माटोले बनेको टिनले छाएको कच्ची घरमा अचानक विद्युत सर्ट भई आगो लागि भएको छ । उक्त खबर प्रपात हुनासाथ तत्कालै प्रहरी टोली खटिगई स्थानियहरुको सहयोगमा गो पूर्णरुपमा नियन्त्रणमा लिईएको छ । उक्त आगोलागिबाट अन्दाजी १०/१२ भारि नल पराल, काठपात र घर को दलिन समेत जलि नष्ट भई रू.३,००,०००।–(तिन लाख) बराबरको क्षति भएको छ ।
प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार वस्याल)
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु