म्याग्दी : खोलमा हामफाली वेपत्ता
मिति २०७५\०४\०४ गते म्याग्दी मालिकागाउँ पालिका ५ र बस्ने वर्ष ३८ को कर्ण बहादुर फगामी आफ्नै श्रीमतसंग सामान्य विवाद गरी सोहि स्थान स्थित रहेको म्याग्दी खोलामा हाम फाली बेपत्ता भएका छन् । उक्त खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटि गई खोज तलास कार्य भई रहेको छ ।
कास्की : सवारी दुर्घटना
मिति ०७५।०४।०४ गते अन्दाजी ०७:०० बजेको समयमा पोखरा लेखनाथ महानगरपालिका-९ पद्मा नर्सिङ होम अगाडि ग ११ प ६४० नं.को पल्सर मोटरसाईकलले साईकल यात्री जिल्ला धनकुटा घरभई हाल जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका-४ रामकृष्ण टोल बस्ने वर्ष-५२ को नन्द प्रसाद राईलाई ठक्कर दिँदा घाईते भई उपचारको लागी गण्डकी मेडिकल कलेज लगीएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई मोटरसाईकल चालकलाई नियन्त्रणमा लिईएको छ ।
स्याङजा : सवारी दुर्घटना १ जना घाईते
मिति २०७५।०४।०४ गते अन्दाजी १३:५० बजेको समयमा जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा न.३ बल्ले खोला स्थित सिद्वार्थ राजमार्गमा गल्याङबाट वालिङ तर्फ जाँदै गरेको ना ६ ख ६२०१ न. को बसलाई सोहि दिशाबाट जाँदै गरेको लु २ ख २०८९ न. को टिपरले ठक्कर दिदा बसमा सवार जिल्ला स्याङजा वालिङ नगरपालिका १३ बस्ने वर्ष २१ कि कबिता पाठक घाईते भई गल्याङ सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई दुबै सवारी साधन र चालकलाई नियन्त्रणमा लिईएको छ ।
म्याग्दी : बिद्युत सर्ट भई आगलागि
मिति २०७५/०४/०४ गते अन्दाजी ०९:२० बजेको समयमा जिल्ला म्याग्दी बेनी नगरपालिका०१ खबरा आनन्दबगर बस्ने सन्तोष बोगटिको दुई तले ढुङ्गा माटोले बनेको टिनले छाएको कच्ची घरमा अचानक विद्युत सर्ट भई आगो लागि भएको छ । उक्त खबर प्रपात हुनासाथ तत्कालै प्रहरी टोली खटिगई स्थानियहरुको सहयोगमा गो पूर्णरुपमा नियन्त्रणमा लिईएको छ । उक्त आगोलागिबाट अन्दाजी १०/१२ भारि नल पराल, काठपात र घर को दलिन समेत जलि नष्ट भई रू.३,००,०००।–(तिन लाख) बराबरको क्षति भएको छ ।
प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार वस्याल)
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?