डा. केसीको समर्थनमा दमौलीको भोर्लेटार चोकमा प्रदर्शन

डा. केसीको समर्थनमा दमौलीको भोर्लेटार चोकमा प्रदर्शन

1

तनहुँ । अनसनरत डा. गोविन्द केसीको समर्थनमा तनहुँको दमौली बजार स्थित भोर्लेटार चोकमा शुक्रबार प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको मागसहित २१ दिनदेखि आमरण अनसनमा रहेका डा. केसीको स्वास्थ्य नाजुक बन्दै गइरहेको अवस्थामा उनको समर्थनमा तनहुँबासी युवाहरुले प्रदर्शन गरेका हुन् । काठमाडौंको माइतिघरमा दिनहुँ डा. केसीको पक्षमा प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले सरकार केसीको मागप्रति गम्भीर नभएको भनी आरोप लगाएका छन् । डा. केसीको अनसन लम्बिदै जाँदा उनका समर्थकहरु पनि बढ्दै गएका छन् । शुक्रबार गोविन्द केसीको पक्षमा सरकारलाई दबाब दिन तनहुँका युवायुवतीहरु प्रदर्शनमा उत्रिए हुन् । दुर्गम क्षेत्रका जनताले पनि समान र स्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भनेर डा. केसी आन्दोलनमा होमिएकाले आफ्नो समर्थन रहेको औषधि व्यवसायी संघका महासचिव राजु दाहालले बताए । डा. केसीको आन्दोलन स्वास्थ्य सेवाको सुधारमा केन्द्रित रहेकाले सर्वसाधारणको साथ र सहयोगको खाँचो रहेको कार्यक्रमका संयोजक सागर घिमिरेले बताए ।
‘डा. गोविन्द केसीले गरिब आमा र छोराछोरीले बाँच्न पाउनुपर्छ भनेर आवाज उठाउनुभएको छ, त्यसैले उहाँको आन्दोलनमा हाम्रो समर्थन छ,’ केसीका युवा समर्थक सुमन घिमिरेले बताए । गरिव र दुखिले सर्वसुलभ रुपमा औषधि पाउनपर्ने, तोकिएको रकममा मेडिकल शिक्षा पढ्न पाउनुपर्ने, काठमाडौंमा मात्रै नभई देशभर मेडिकल कलेज खोल्नुपर्ने लगाएतका डा. गोविन्द केसीको माग सरकारले पुरा गर्नुपर्ने डेमोक्रेटिक युथ अलायन्स सल्लाहकार सरोज भण्डारीले बताए । सरकार अहिलेको आवश्यकता लाइ लत्याएर पानि जहाज र मेट्रो रेलको सपना बाड्न व्यक्त रहेको समेत उनले बताए ।
त्यस्तै उक्त प्रदर्शन कार्यक्रममा मानवअधिकारी कर्मी गोविन्द पन्थले सरकार केसीको मृत्युको प्रतीक्षामा रहेको र यो सबै विरोध कार्यक्रम अन्त्य हुने भन्दै मौन रहेको बताएका थिए । कार्यक्रममा हामि डा. केसीको साथ छौ, डा.केसीको जिवनरक्षा गर, चिकित्सा शिक्षा ऐन पारित गर, माफिया तन्त्र अन्त्य गर, माथेमा प्रतिवेदन लागु गर, माफियाको मिसन, सिटामोलमा कमिसन लगाएतका नारा सहित प्रदर्शनमा उत्रिएका थिए ।

यो पनि पढ्नुहोस :
डा. गोविन्द केसीको समर्थनमा तनहुँको दमौलीमा प्रदर्शन (फोटोफिचर सहित)

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ