तनहुँकी चेली प्रगती पुन मगर बुगी उगीको फाइनलमा छनौट

तनहुँकी चेली प्रगती पुन मगर बुगी उगीको फाइनलमा छनौट

p1

तनहुँ । तनहुँकी चेली प्रगती पुन मगर अन्तराष्ट्रिय फेन्चाइज डान्स रियलिटी सो बुगी उगीको फाइनल प्रवेश गरेकी छन् । एपिवान टेलिभिजनबाट प्रसारण हुने सोको शुक्रबार राती भएको श्रृखंलामा उत्कृष्ट चारबाट छनौट भएसँगै उनि बुगी उगीको फाइनलिस्ट बन्न सफल भएकी हुन् ।

तनहुँ शुक्लागण्डकी २ कोत्रे नर्सरीकी २१ बर्षिया प्रगति सानैदेखि नृत्य गर्दै आएकी थिइन् । उनले स्थानिय स्तरमा हुने प्रतियोगिताहरुमा सहभागि भई चर्चा बटुली सकेकी छन् । बुगी उगीमा सहभागी हुनुपुर्व उनले क्रिस्टल क्लज क्रियुमा आबद्ध रहेर कभर म्यूजिक भिडियोमा नृत्य गर्दै आएकी थिइन् ।

प्रतियोगिताको निर्णायकका रुपमा कोरियोग्राफर कविराज गहतराज, नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्की रहेका छन् । यस्तै प्रगतीसँगै कविता नेपाली र सरोज मोक्तान बुगी उगीको फाइनलिस्टमा छनौट भए भने रविन भुजेल प्रतियोगिताबाट बाहिरिए छन् । उत्कृष्ट चारबाट फाइनलिस्ट छनौटका लागी एपिवानले दर्शकहरुलाई नै अधिकार सुम्पिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ