दाह्री पाल्ने र यसप्रति सौख हुनेहरु संगठित भएर सामाजिक सञ्जाल फेसबुकमा बनेको समूह ‘दाह्री ग्याङ’ पोखराका सदस्यहरुले फेवाताललाई कुरुप बनाएको जलकुम्भि झार पन्छाएर सरसफाई गरेका छन् ।
शनिबार बिहान आयोजित सरसफाई कार्यक्रमबाट करीब ३० ट्रक जलकुम्भी झार निकालिएको थियो । १ सय बढीको सहभागितामा बाराहीघाटबाट मत्स्य अनुसन्धानसम्म करीब ७ सय मिटर क्षेत्रमा सरफाई गरिएको आयोजकले जनाएको छ । बिहान ७ बजेदेखि सुरु भएको सफाई अभियान मध्यान्ह १२ बजेसम्मै चलेको थियो ।
फेवाताल संरक्षणका लागि भन्दै दर्जनौं एनजिओ, आइएनजिओ सक्रिय हुने, करोडौं रकम सकिने, राज्यले ध्यान दिन नसकेको अवस्थामा स्थानिय निकायलाई दबाब, करोडौं रुपैंया खर्चेर ल्याइएको मेसिनको सदुपयोग र पोखराको शान फेवाताल जोगाउन कार्यक्रम गरिएको दाह्री ग्याङ पोखराका संयोजक बसन्त पहारीले बताए ।
सरसफाई कार्यक्रममा दाह्री ग्याङ पोखराका सदस्य मात्र होईन, समूहको सामाजिक कामलाई सहयोग गर्न किशोरी, युवतीहरु, स्थानीयको पनि सहभागिता रहेको थियो ।
गैसस महासंघ कास्की अध्यक्ष पदम पहारी, वडा नं. ६ सदस्य हरि पहारी, दाह्री ग्याङ पोखराका पूर्व संयोजक शेखर गौतम, फेवा डुंगा व्यवसाय समिति उपाध्यक्ष रुद्र भुजेल, दाह्री ग्याङ पोखराका विक्रम पाण्डे लगायतले बोलेका थिए ।
समूहले रक्तदान तथा आकस्मिक रगत चाहिएको खण्डमा सहयोग, ह्वाईट बोर्ड वितरण, मृगौला लगायतका पीडितहरुलाई अर्थ संकलन अभियान, ट्राफिक सचेतना, पोखराका मुख्य चोकका पोल पोलमा फलामे जालीवाला डस्टबीन राख्ने लगायतका कार्यक्रम गरिसकेको छ ।
समूहले आगामी दिनमा पोखराको चौपाया व्यवस्थापन गर्न यहाँका सरकारी निकायहरुलाई दबाब दिई सम्भावित सवारी दुर्घटना कम गराउने उद्देश्यका साथ सचेतना कार्यक्रम गर्ने संयोजक पहारीले जनाए ।
पोखराका मेम्बरहरु स्थापनाकालीन समयदेखि नै सक्रियतापूर्व सामाजिक सेवामा समर्पित छन् ।
https://www.facebook.com/advertisingparichay/videos/1647999081978733/
तस्विर/भिडियोः परिचय एडभरटाइजिङ र खिम फोटोग्राफी
सम्बन्धित खबर
‘अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर’
सञ्चालकहरूको लापरवाहीको शिकार सहकारी अभियान बन्योः मुख्यमन्त्री अधिकारी
पोखरा १२ का सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरा ७ पूर्णखोप सुनिश्चित घोषणा
एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन : अधिकारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग