तनहुँ । तनहुँ इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको ‘मिस क्विन तनहुँ २०१८’ को ग्राण्ड फिनाले आज शनिबार दमौलीमा सम्पन्न हुदैछ । समिर घिसिङ अर्थात चर्चित र्यापर भिटेनले आज आफ्नो प्रस्तुति दमौलीमा प्रस्तुत गर्ने भएका छन् । मिस क्वीन तनहुँ २०१८ को ग्राण्ड फिनालेमा उनले आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्नेछन ।
युवायुवती माझ निकै चर्चित रहेका उनका गीत लाइ आज दमौलीका युवायुवतीले लाइभ सुन्न पाउनेछन । दमौली स्थित उत्तरशिला चलचित्र हलमा सम्पन्न हुन लागेको ‘मिस क्विन तनहुँ २०१८’ को ग्राण्ड फिनालेमा भिटेनले आफ्ना चर्चित गीत लाइभ प्रस्तुत गर्नेछन । भिटेनका ‘गरिब…’, ‘चुरोट…’, ‘बैनी…’, ‘लफंगा…’, ‘खलासी…’ ‘सिमसिमे पानि ….’ आदि गितहरु चर्चित रहेका छन । र्याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले अलग छन् भिटेन । यही ‘युनिकनेस’ ले उनलाई खासगरी टिनएजरहरू माझ ‘हकटेक’ बनाएको छ । फेरि उनका गीत उनका भोगाइ र बुझाइका प्रतिबिम्ब हुन् । सोही कारण उनका उमेर समूहका जोकोहीले गीतमा आफूलाई पाउँछन् ।

‘मिस क्विन तनहुँ २०१८’ को ग्राण्ड फिनालेमा अन्जली धमेल, तारा थापा, सफल घिमिरे, देविका खड्का, अनिता थापा, श्रीजना खत्री, दीपा थापा, गोरी गुरूङ, टिष्टा श्रेष्ठ, ममता थापा, प्रभा श्रेष्ठ, आरती राना, सबिना गुरूङ र स्वर्निमा गुरूङ अन्तिम प्रतिस्पर्धामा उत्रिदै छन् । मिस क्विनको यो तेस्रो सिजनको कार्यक्रम हो । युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता मिस क्विन तनहुँ २०१८ को आयोजना गरिएको आयोजक तनहुँ इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष सरिता थापाले बताइन् ।
‘मिस क्विन तनहुँ २०१८’ को अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, सडक नाटक, फोटोसेसन, महिला सशक्तीकरण, सामाजिक क्रियाकलाप, फेसन, प्रेरणा, नेतृत्व क्षमता जस्ता विषयमा प्रशिक्षकहरु द्वारा प्रशिक्षण प्रदान गरिएको आयोजक सस्थाकी अध्यक्ष सरिता थापाले जानकारी दिइन । “मिस क्विन तनहुँ २०१८” को बिजेताले इन्डोनेसियाको बालि टुर गर्ने अवसर संगै ताज, प्रमाणपत्र र मायाको चिनो पाउने आयोजकले जनाएको छ । कार्यक्रमको मिडिया पार्टनरको रुपमा गण्डक न्युज डट कम र फोटोग्राफी पार्टनरको रुपमा आगमन फोटोग्राफी रहेको छ
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?