गण्डकी प्रदेशमा आज शनिबार घटेका घटना तथा गतिविधिहरु
तनहुँ : सवारी दुर्घटना
मिति २०७५।४।५ गते १४:४० बजेको समयमा जिल्ला तनहुँ म्याग्दे गाउँपालिका २ जामुने स्थित पृथ्वीराजमार्गमा थर्पुबाट दमौली तर्फ जादै गरेको ना ५५ प ३८२३ न.को स्कुटी आफै अनियन्त्रित भई सडकमा पल्टन जादा स्कुटी चालक जिल्ला तनहुँ भानु नगरपालिका ९ घर भई हाल ब्यास ४ शान्तिनगर बस्ने वर्ष ३३ को हिरा थापा र पछाडी सवार निजको श्रीमती वर्ष ३२ की प्रतिभा थापा घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।
पर्बत : शव फेला
मिति २०७५।०४।०५ गते जिल्ला पर्बत मोदी गाँऊपालीका वडा नम्बर ६ बस्ने वर्ष ६८ की धन कुमारी लामीछाने बिहान ०४:०० बजेको समयदेखी आफ्नै घरबाट हराएकोमा खोजतलाश गर्दै जादै गर्ने क्रममा जिल्ला पर्बत मोदी गाउँपालीका बडा नम्बर ६ तिलाहृर स्थित मोदी खोलाको किनारमा मृत अवस्थामा फेला परेका छन् । उक्त खबर स्थानिय मार्फत प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।
कास्की: मृत अवस्थामा फेला
मिति २०७५।०४।०५ गते अन्दाजी ०८:२० बजेको समयमा जिल्ला कास्की पोखराल लेखनाथ महानगरपालिका(८ चालिसे चोक स्थितमा भारत घर भई हाल सोहि स्थान बस्ने मजदुर काम गर्ने वर्ष अन्दाजी ४० को बाबुलाल प्रजापति मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।
पर्बत : शव फेला
मिति २०७५।०४।०५ गते बिहान अन्दाजी ०९:०० बजेको समयमा जिल्ला पर्बत कूश्मा नगरपालीका वडा नम्बर २ खुर्कोट बस्ने अन्दाजी वर्ष ६६/६७ को बल बहादुर नेपाली जिल्ला पर्बत कुश्मा नगरपालिका वडा नम्बर २ अर्मादी बयरबोट भन्ने स्थानमा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।
बागलुङ : आगलागी भएको
बागलुङ तमानखोला गाँउपालिका ३ बस्ने तनिमा घर्तिको ढुङ्गा माटोले बनेको ढुङ्गाको छानो भएको ३ तले क्च्ची घरमा अचानक आगालागी हुँदा उक्त घरको तल्लो तलामा रहेको ३ वटा बाख्रा र ३५ वटा कुखुरा समेत जलि नष्ट भएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्ब) : सवारी दुर्घटना २४ जना घाईते
मिति २०७५।०४।०५ गते अन्दाजी ०५:२० बजेको समयमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्ब) मध्यबिन्दु नगरपालिका १० अरुणखोलाको पुल स्थित पूर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्बतर्फ जादै गरेको ना५ख ९०६४ नम्बरको ट्रकलाई सोही दिशा बाट जादै गरेको ना ५ ख ५७६३ नम्बरको बसले पछाडी बाट ठक्कर दिंदा बसमा सवार ४०-४२ जना मध्य २४ जना घाईते भई उपचारको लागी विभिन्न स्थानमा उपचारको लागी पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।
प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार वस्याल)
सम्बन्धित खबर
शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक
सती कथा संग्रहको विमोचन
उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रभातफेरी कार्यक्रम गरी मनाइयो
पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तमलाई हातपात गर्ने गोविन्द पक्राउ
पोखरामा अझै गुडिरहेका छन् २० वर्ष पुराना सवारीसाधन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका