गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अनसनरत डा. गोविन्द केसीको बाटोमा हिँड्न नसकिने बताएका छन् । उनले डा. केसीको जिद्धी पाराले राम्रो नहुने भन्दै उनको बाटो सकिने बाटो भएको टिप्पणी गरे ।
डा. केसीको काम डाक्टरले गर्ने काम होईन । उनको जिद्धि पाराको पछि लाग्न सकिदैंन ।’ इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखरामा सञ्चालित टेक्निकल फेस्टिवलको समापन समारोहमा प्रमुख अतिथि रहेका गुरुङले भने – ‘उनको बाटोमा हिँडे हामी सकिन्छौं ।’ सबैले आफ्नो जिम्मेवारी, कर्तव्य के हो ? त्यो गर्न उनले अनुरोध पनि गरे ।
मन्त्री गुरुङले गण्डकी प्रदेशलाई बन्द हड्ताल मुक्त प्रदेश बनाउनुपर्नेमा पनि जोड दिए । यो प्रदेशलाई समृद्ध प्रदेश बनाउन सबै जना लाग्नुपर्ने उनको भनाई थियो । विद्यार्थीहरुलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अब विद्यार्थीहरु झण्डा बोकेरमा सडकमा नारा लगाउँदै टायर बाल्ने होइन, यस्तै ज्ञानवद्र्धक अभियान अघि बढाउन आग्रह गरे । सरकार र नेतालाई मात्र गाली गरेर मुलुक नबन्ने र छोरो क्याम्पस भर्ना हुनेबेलासम्म विद्यार्थी भन्दै भाषण गरेर काम नहुने उनको भनाई थियो ।
प्रदेश सांसद विन्दुकुमार थापाले टीम वर्ककै कारण विद्यार्थीले यति ठूलो कार्यक्रम आयोजना गर्न सफल रहेकाले सबै मिलेर अघि बढ्न आग्रह गरे । उनले अब प्रदेशले पाँच समृद्धिको आधारहरु पर्यटन, उर्जा, कृषि, उद्योग र पूर्वाधार विकासलाई जोड दिएर अघि बढ्ने जनाउँदै पोखरालाई शिक्षासँगै स्वास्थ्य र खेलकुदको हब बनाउन लागिपर्ने बताए ।
क्याम्पस प्रमुख रामप्रसाद पौडेलले क्याम्पसको भौतिक पूर्वाधार दयनीय रहेको बताउँदै आफू नेताहरुसँग माग्दा माग्दा हैरान भइसकेको बताए । उनले प्राविधिक विश्वविद्यालयका रुपमा क्याम्पसलाई अघि बढाउन पनि सरकारसँग आग्रह गरे । अनेरास्ववियू केन्द्रिय उपाध्यक्ष सुनिता बरालले सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थकता दिन ईञ्जिनियरिङ विद्यार्थीहरुको योगदान अमूल्य रहेको बताईन् ।
आयोजक स्वतन्त्र विद्यार्थी युनियनका सभापति इन्द्र पौडेलले वार्षिक ४ हजार ईञ्जिनियर उत्पादन हुने मुलुकमा रोजगारीको अवसर नहुँदा दक्ष जनशक्ति बाध्य भएर विदेश पलायन भएको बताए । उनले प्रदेश सरकारले भएपनि उचित ईञ्जिनियरिङ शिक्षा नीति ल्याएर यहाँको पढाईलाई गुणस्तरीय बनाउन आग्रह गरे । कार्यक्रममा स्वागत स्ववियु उपसभापति कुन्दनकुमार महातो र सञ्चालन सचिव विजय झाले गरेका थिए
न्यु टेक्निकल वाटर प्रुफिङ एन्ड रिहाविलेसन प्रालिको मुख्य प्रायोजन तथा बिग एफएम १०१.२ र पोखरा महानगरपालिकाको सहप्रायोजन रहेको भेक्टर ‘डाइरेक्ट यो भिजन’ नाममा आयोजित तीन दिने राष्ट्रिय स्तरको फेस्टिवलमा अवलोकन गर्नेहरुको भिड लागेको थियो ।
https://www.facebook.com/advertisingparichay/videos/1645531472225494/
‘सूचना प्रविधिको प्रयोग, पूर्वाधार विकासमा बल, व्यवहारिक ईञ्जिनियरिङ शिक्षाका लागि एफएसयू टेक्निकल फेस्टिवल’ नाराका साथ आयोजित सो फेस्टिवलमा मुलुकभरका प्रतिष्ठित झण्डै दुई दर्जन इन्जिनियरिङ क्याम्पसबाट विद्यार्थी सहभागी थिए । पोखराका विभिन्न विद्यालयसमेत सहभागी फेस्टिवलमा विभिन्न इञ्जिनियरिङसँग सम्बन्धित कलेज, यूनिभर्सिटी, सफ्टवेयर कम्पनी, सरकारी तथा गैरसरकारी संस्थाहरुको गरी ८० बढी स्टल रहेको संयोजक किरण तिवारीले बताए । कार्यक्रममा बिज्ञान तथा प्रविधिका साथै मनोरञ्जन, रोबोर्ट फुटबल, फुड हन्ट, सिभिल कम्पिटिसन जस्ता थुप्रै अन्य कार्यक्रम भएका थिए ।
मेलामा गण्डकन्युज डटकम, मार्केटसंसार डटकम, प्रफेक्ट क्रियसन, नेपाल पर्यटन बोर्ड, आयुसा इन्टरनेसनल, एशियन पेन्ट, उत्साह एड्भर्ट, शिवम् सिमेन्ट, पोखरा बस व्यवसाय समिती लगायतले सहकार्य गरेका थिए ।
हेर्नुहोस्, फेस्टिवलका केहि झलकहरु । (तस्विरः परिचय एडभरटाइजिङ)








सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’