श्यामशितल परियार, लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका-९, भोटेओडारमा रहेको भोटेओडार सामुदायिक केन्द्रले एम्बुलेन्स सेवा सुरु गरेको छ । सामुदायिक केन्द्रले विशेषगरी दुरदराजमा रहेका गरिब, निमुखा नागरिकलाई एम्बुलेन्स सेवा प्रदान गर्नका लागि शनिबारबाट एम्बुलेन्स सेवा सुरु गरेको हो ।
सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले शनिबार रिबन काटेर एम्बुलेन्स सेवाको उद्घाटन गरे ।उद्घाटन सत्रमा बोल्दै उनले दुरदराजसम्म एम्बुलेन्स सेवा पुर्याउनु आवश्यक रहेको बताए । नगरपालिकाका सबै बस्ती टोलटोलमा एम्बुलेन्स सेवा पुर्याउन सडकको स्तर सुधार्नु आवश्यक रहेको बताउँदै त्यो पाटोमा नगरपालिले काम गरिरहेको बताए ।
‘सडकको स्तर उकास्दै नगरका प्रत्येक वडावडामा एम्बुलेन्स सेवा पुर्याउन हामी प्रतिवद्ध छौँ । घाईते तथा बिरामीलाई तत्कालै अस्पतालसम्म पुर्याउनका लागि भविष्यमा अरु एम्बुलेन्स पनि थप गर्नेछौँ,’ उनले भने ।सुन्दरबजार नगरपालिकाका उपमेयर ज्ञानु शाहले दुरदराजमा रहेका नागरिकलाई केन्द्रले सरल, सहज र छिट्टो रुपमा एम्बुलेन्स सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
भोटेओडार सामुदायिक केन्द्रका सचिव बद्री खनालका अनुसार एम्बुलेन्स सेवा सञ्चालनका लागि देशविदेशमा रहनुभएका सहयोगी व्यक्तिहरुसंग सहयोग माग गरिएको र उनीहरुबाट सहयोग प्राप्त भएको उहाँले बताए । उनका अनुसार हालसम्म केन्द्रलाई १४ लाख ८८ हजार ६ सय १९ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
१० लाख १२ हजार ४ सय रुपैयाँ खर्चेर केन्द्रमा नयाँ एम्बुलेन्स ल्याईएको हो । केन्द्र सामाजिक संस्था रहेकाले आफुहरुको नाफा कमाउने उद्धेश्य नरहेको केन्द्रका अध्यक्ष मनराज गुरुङले बताए । ‘बिरामी, दुर्घटनामा परी घाईते भएका, दूरदराजमा रहेका गरिब, अपांग, निमुखा, वृद्धवृद्धा, बालबालिकालाई एम्बुलेन्स सेवा प्रदान गर्नु हाम्रो उद्धेश्य हो,’ गुरुङले भने ।

बजारी क्षेत्रमा मात्र नभई दुरदराजमा रहेका नागरिकसम्म एम्बुलेन्स सेवा पुर्याउन केन्द्र लागि पर्नुपर्ने स्थानीय हरिप्रसाद अधिकारीले बताए । उनका अनुसार गाउँगाउँमा एम्बुलेन्स सेवा पुर्याउनका लागि सबैभन्दा पहिले बाटो सडक बनाउनुपर्छ । बनाईएका सडकको स्तरोन्नती गर्नु आवश्यक छ ।
‘बाटोको स्तर उकास्न जनप्रतिनिधिले भूमिका खेल्नुपर्छ । दुरदराजमा रहेका नागरिकले एमबुलेन्स सेवा पाए मात्रै यसको अर्थ हुनेछ,’ उनले भने ।
कार्यक्रमकै अवसरमा एम्बुलेन्स खरीदमा सहयोग पुर्याएका विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मानपत्रको साथमा सम्मनित गरिएको थियो । केन्द्रका अनुसार सुन्दरबजार नगरपालिकाका संगै आसपासका क्षेत्रका नागरिक एम्बुलेन्स सेवाबाट लाभान्वित हुनेछन् ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो