सरोज अर्याल, स्याङजा । स्वरेक – ८ घर भइ हाल काठमाडौं बस्दै आएका कृष्ण बहादुर सिकेले विदेशमा आकर्षक जागिर दिलाइदिने नाममा सर्वसाधारणबाट करोडौ रकम असुलेर ठगी गरेका का छन्। सिकेले आकर्षक तलब सुविधा देखाएर राष्ट्रिय पत्रपत्रिकामा सुचना निकाल्दै सर्वसाधारणलाई ठगि गर्ने गरेको पीडितहरुले बताएका छन् ।
क्यानडा, अमेरिका, रसिया तथा अस्टे«लिया पठाउने भन्दै सिकेले २ वटा कन्सल्टेन्सी कोरल एजुकेशन कन्सल्टेन्सी, रोएल एजुकेशन कन्सल्टेन्सी, र १ मेनपावर रोएल एचआर सोलुसन ५० जना भन्दा बढी युवाहरुबाट करिब दुई करोड ठगी गरेको एकजना पीडितले जानकारी दिए ।
अहिले सिकेबाट ५० हजार देखी १३ लाख सम्म ठगिएका व्यक्तिहरु सम्पर्कमा आएका छन् । अझै धेरै व्यक्ति ठगिएको हुनसक्ने आशंका गरिएको छ । सिकेबाट ठगिएकाहरुमा बिदुर घतानेको ६ लख , ओम बहादुर पुनको ४ लाख, उर्मिला पुनको ३ लाख ७० हजार, भबिस खड्का ३ लाख, बिनोद शर्मा २ लाख ५० हजार, आर्यन जोशीको २ लाख, प्रबिनजङ बस्नेत २ लाख, सागर पुरीको १ लाख , सरोज श्रेष्ठ ६० हजारलगायत छन् भने अरु धेरै ठगिएको अनुमान गरिएको छ ।
सिकेले ठगिएकामध्ये भविस खड्का र प्रबिनजङ बस्नेतलाई पैसा फिर्ता माग्दा बाउन्स चेक पनि दिएका थिए । सीके र पिडितबीच बेलाबेलामा भाइबर मा कुरा हुने र सधै पैसा फिर्ता दिन्छु भन्ने गरेको तर कहिले दिनेभन्दा एक हप्ता पछि, एक महिना पछि भन्दै १ वर्ष पछि दिन्छु भनेर टार्ने गरेको पीडितहरुले बताए । ठगीसम्बन्धी उजुरीमा महानगरीय अपराध महाशाखा टेकुले सिके नेपाल बाहिर लुकेर बसेको आशंकामा खोजीकार्य जारी राखिएको बताएको छ ।
सम्बन्धित खबर
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने