सरोज अर्याल, स्याङजा । स्वरेक – ८ घर भइ हाल काठमाडौं बस्दै आएका कृष्ण बहादुर सिकेले विदेशमा आकर्षक जागिर दिलाइदिने नाममा सर्वसाधारणबाट करोडौ रकम असुलेर ठगी गरेका का छन्। सिकेले आकर्षक तलब सुविधा देखाएर राष्ट्रिय पत्रपत्रिकामा सुचना निकाल्दै सर्वसाधारणलाई ठगि गर्ने गरेको पीडितहरुले बताएका छन् ।
क्यानडा, अमेरिका, रसिया तथा अस्टे«लिया पठाउने भन्दै सिकेले २ वटा कन्सल्टेन्सी कोरल एजुकेशन कन्सल्टेन्सी, रोएल एजुकेशन कन्सल्टेन्सी, र १ मेनपावर रोएल एचआर सोलुसन ५० जना भन्दा बढी युवाहरुबाट करिब दुई करोड ठगी गरेको एकजना पीडितले जानकारी दिए ।
अहिले सिकेबाट ५० हजार देखी १३ लाख सम्म ठगिएका व्यक्तिहरु सम्पर्कमा आएका छन् । अझै धेरै व्यक्ति ठगिएको हुनसक्ने आशंका गरिएको छ । सिकेबाट ठगिएकाहरुमा बिदुर घतानेको ६ लख , ओम बहादुर पुनको ४ लाख, उर्मिला पुनको ३ लाख ७० हजार, भबिस खड्का ३ लाख, बिनोद शर्मा २ लाख ५० हजार, आर्यन जोशीको २ लाख, प्रबिनजङ बस्नेत २ लाख, सागर पुरीको १ लाख , सरोज श्रेष्ठ ६० हजारलगायत छन् भने अरु धेरै ठगिएको अनुमान गरिएको छ ।
सिकेले ठगिएकामध्ये भविस खड्का र प्रबिनजङ बस्नेतलाई पैसा फिर्ता माग्दा बाउन्स चेक पनि दिएका थिए । सीके र पिडितबीच बेलाबेलामा भाइबर मा कुरा हुने र सधै पैसा फिर्ता दिन्छु भन्ने गरेको तर कहिले दिनेभन्दा एक हप्ता पछि, एक महिना पछि भन्दै १ वर्ष पछि दिन्छु भनेर टार्ने गरेको पीडितहरुले बताए । ठगीसम्बन्धी उजुरीमा महानगरीय अपराध महाशाखा टेकुले सिके नेपाल बाहिर लुकेर बसेको आशंकामा खोजीकार्य जारी राखिएको बताएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा