पोखरा । कास्की प्रहरीले आईतवार गरेको स्वीप अप्रेशनको क्रममा मिटरमा जान नमानि वढि भाडा लिई यात्रु ठगी गर्ने १६ वटा ट्याक्सीलाई नियन्त्रणमा लिएको छ।
पोखरा उपत्यका भित्र संचालनमा रहेका ट्याक्सीहरुले मिटरमा तोकिएको भाडा दर भन्दा बढी भडा लिई तथा मिटरमा जान नमान्नी यात्रु ठगी गरेको भन्ने गुन गुनासोका आधारमा बृहत रुपमा गरीएको स्विप अप्रेशनको क्रममा उक्त ट्याक्सीहरु नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
मिटरमा जान नै नमान्ने तथा तोकिएको भाडा दर भन्दा बढी भाडा लिएको पाईएकोले यस्ता कार्य गर्ने १६ बटा ट्याक्सीलाई नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छे ६ को दफा ९६ बमोजिमको कसुरमा सोही ऐनको परिच्छेद (१० को दफा १६० को देहाय २ (ख) बमोजिम आवश्यक कार्वाहीको लागि यातायात व्यवस्था कार्यालय गण्डकीमा पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक एसपि ओमवहादुर रानाले जानकारी दिए ।
कास्की जिल्लाको सुरक्षा स्थितीलाई आकलन गरी तयार पारिएको १२ बुद्धे कार्ययोजना अन्तरगत अपराधिक कृयाकलाप उपर कानुनको कठोरतालाई आत्मसाथ गर्दै विवेकपूर्ण प्रहार,गुण्डागर्दी विरुद्व कडा कारवाही,घरेलु मदिरा तथा लागु पदार्थ, यौन व्यवसाय र जुवातास नियन्त्रणमा निरन्तरता साथै चोरी,लुटपाट, कालोबजारी न्यूनिकरणमा जोड दिदै नियमित रुपमा हप्तामा १ दिने गरिने विशेष चेकिङ ( स्वीप अप्रेशन) अन्तरगत शनिवार कास्की जिल्ला स्थित पोखरा लेखनाथ महानगरपालिका तथा आसपासका ईलाकाहरुमा प्रहरी टोलि परिचालन गरी ५३ जना ब्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरी आफन्तको जिम्मा लगाईएको एसपी रानाले जानकारी दिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो