तनहुँ । तनहुँ इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको ‘मिस क्विन तनहुँ २०१८’ को ग्राण्ड फिनाले शनिबार दमौलीमा समिर घिसिङ अर्थात चर्चित र्यापर भिटेनले धमाकेदार प्रस्तुति दमौलीमा प्रस्तुत गरेका छन् । मिस क्वीन तनहुँ २०१८ को ग्राण्ड फिनालेमा उनले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरेका हुन् । युवायुवती माझ निकै चर्चित रहेका र्याप गीत भिटेनले लाइभ प्रस्तुत गरेका थिए ।

भिटेनले ‘गरिब…’, ‘चुरोट…’, ‘हालखबर….’, ‘आमाले सोध्छिन….’, ‘बैनी…’, ‘लफंगा…’, ‘खलासी…’ ‘सिमसिमे पानि ….’ आदि आफ्ना चर्चित र्याप गितहरु गाएका थिए । र्याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले अलग छन् भिटेन । यही ‘युनिकनेस’ ले उनलाई खासगरी टिनएजरहरू माझ ‘हकटेक’ बनाएको छ । फेरि उनका गीत उनका भोगाइ र बुझाइका प्रतिबिम्ब हुन् । सोही कारण उनका उमेर समूहका जोकोहीले गीतमा आफूलाई पाउँछन् । भिटेनको प्रस्तुति हेर्न र सुन्न युवायुवती गर्मि सहेर हाल भित्र बसिरहेका थिए । भिटेनले आफ्नो प्रस्तुति संगै मोटिभेटिभ कुराहरु समेत भनेर दर्शक तथा आफ्ना फ्यानहरु लाइ मन्त्रमुग्द परेका थिए ।

स्टेज उक्लिए देखि निरन्तर आफ्नो प्रस्तुतिमा लागेका भिटेन लाइ दर्शकको हुटिङ समेत उत्तिकै आइरहेको थियो । पुरा जोसमा भिटेनले र्याप गीत गाउँदा स्टेज अगाडी बसेका अतिथिहरु समेत मनोरन्जन लिदै गीत सुन्दै गरेको देखिन्थ्यो । ‘कथा नामक गीत छिटै रिलिजको तयारीमा रहेको छ’ भिटेनले गण्डक न्युज संग भने । भिटेनले आफ्नो रिलिज नभएको गीत समेत दमौलीमा गएका थिए ।
‘मिस क्विन तनहुँ २०१८’को उपाधि सोर्णीमा गुरुङले जित्न सफल भएकी छन् । उत्तरशिला चलचित्र मन्दिर दमौलीमा शनिबार साँझ सम्पन्न मिस क्विन तनहुँको सिजन ३ मा १४ जना प्रतियोगीलाई पछि पार्दै आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ निवासी १९ वर्षकी गुरुङले उपाधी चुमेकी हुन् । प्रतियोगितामा भानु नगरपालिका वडा नम्बर २ नारेश्वटारकी १७ वर्षकी प्रभा श्रेष्ठ फस्ट रनरअप भइन् । सेकेन्ड रनरअपको उपाधी देविका खड्काले जितिन् । थर्ड रनरअपको उपाधी टिस्टा श्रेष्ठले जितिन् । त्यसैगरी भ्युअर चोइस अवार्ड गोरी गुरुङले जितिन् ।
हेर्नुहोस भिडियोमा :
https://youtu.be/rOADaJZ45AQ
यो पनि पढ्नुहोस :
‘मिस क्विन तनहुँ २०१८’को उपाधि आबुखैरेनीकी सोर्णीमा गुरुङलाई
मिस क्विन तनहुँ २०१८ को ग्राण्ड फिनालेमा चर्चित र्यापर भिटेनको प्रस्तुति
‘मिस क्विन तनहुँ २०१८’ को ट्यालेन्ट राउण्ड सम्पन्न
‘मिस क्विन तनहुँ २०१८’ का लागि दमौलीबाट १३ जना छनौट
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’