तनहुँ । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. १ बरादी स्थित पृथ्वीराजमार्ग सडक खण्डमा गत असार १२ गते भएको दुर्घटनामा परि घाइते भएका ५ जनाको मृत्यु भएको छ । लापारबाहि गरी सवारी चलाई दुर्घटना गराउने चालक पुर्पक्षको लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँ डीएसपी सुनिल मल्लले जानकारी दिए ।
उक्त दुर्घटना गराउने आँबुखैरेनी गाउँपालिका वडा नं. २ बस्ने बर्ष २८ को सुक बहादुर गुरुङले आँबुखैरेनीबाट डुम्रे तर्फ चलाई ल्याउँदै गरेको ग १ ख ३०७३ नं को बसले पोखराबाट काठमाण्डौ तर्फ जादै गरेको बा १७ च १८१४ नं.को भ्यान र भ्यानको पछाडी रहेको ग ५ प १९४४ नं. को मोटरसाईकललाई ठक्कर दिदा सो दुर्घटना भएको थियो । उक्त दुर्घटना हुँदा भ्यान चालक सहित सवार ब्यक्तिहरु तथा मोटरसाईकलमा सवार ब्यक्तीहरु घाईते भएका थिए ।
घाइते भ्यान चालक सहित ३ जना र मोटरसाईकलमा सवार २ जना गरी ५ जना ब्यक्तिहरुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा सुक बहादुर गुरुङले तिब्र गतिमा लापार्बाही तबरबाट सवारी चलाएको कारण उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । उनलाई सवारी ज्यान मुद्धामा अनुसन्धान पुरा गरी सोमबार जिल्ला अदालत तनहुँमा पेश गर्दा उनलाई पुर्पक्षको लागि कारागार कार्यालय तनहुँमा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन