पोखरा । लायन्स क्लब अफ पोखरा लेकसाइडले केदारेश्वर मन्दिर परिसरमा वृक्षारोपण गरेको छ ।
प्रमुख अतिथि रिजन चेयर पर्सन जयराम तिमील्सिनाले रुद्राक्षको बिरुवा रोपी कार्यक्रमको शुभारम्भ गर्दै लेकसाइड जस्तो पर्यटकिय ठाउँमा अवस्थित मन्दिर परिसरमा वृक्षारोपण गरेर क्लबले उल्लेखनीय कार्य गरेको भन्दै आभार प्रकट गरे । उनले वृक्षारोपणले वातावरण सुन्दर, पर्यावरणीय अनुकूल तथा ग्लोबल वार्मिङ न्यूनिकरण गर्नको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रमका विशेष अतिथि जोन चेयर पर्सन बिन्दा श्रेष्ठले वातावरण हरियो, स्वच्छ र सुन्दरमय बनाउनका लागि वृक्षारोपण गर्नैपर्ने बताइन् ।

क्लबका अध्यक्ष बलराम पहारीले पर्यटकिय नगरी पोखरालाई अझ सुन्दर बनाउनको लागि प्लास्टिक वा प्लास्टिकजन्य वस्तुहरुको प्रयोग नगरौँ, वातारण संरक्षणको लागि आफ्नो घर वरपर वृक्षारोपण गरौ भन्ने सन्देश दिदै वृक्षारोपण कार्यक्रमको उद्देश्यबारे प्रस्ट पारे । वृक्षारोपणले आफू मात्रै नभई भावी सन्ततीको समेत रक्षा गर्ने हुँदा हरेक व्यक्ति तथा संघसंस्थाले समय समयमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्नु पर्ने बताए ।
उक्त कार्यक्रममा क्लबका ३५ जना सदस्य सहित स्थानिय समाजसेवीहरु मिलेर १०० भन्दा बढी बिभिन्न जातका बिरुवाको रोपिएको थियो । केदारेश्वर मन्दिर परिसरमा रुद्राक्ष, धुपी, कपुर, पारीजात लगाएतका बिरुवाहरु रोपिएको थियो ।

सो अवसरमा पहिले रोपिएका बिरुवाहरुको गोडमेल गर्ने तथा झाडी फडानी समेत गरिएको थियो । पहिले बिरुवा रोपिएको ठाउँमा मोटर गाडी पार्किङ गर्ने गरिएको हुँदा उक्त स्थललाई तारबार लगाइ पार्किङ गर्न नमिल्ने समेत बनाइएको खिम लामिछानेले जानकारी दिए ।
सम्बन्धित खबर
सरकारी तथा गैरसरकारी कार्यालयका कागजात कीर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
काठमाडौँबाट माइक्रो बस चोरी गरेको आरोपमा स्याङ्जाका युवक पक्राउ
शनिबार पोखरा रंगशालामा निःशुल्क आँखा शिविर हुँदै
अनेरास्ववियु स्थापना दिवसको अवसरमा वक्तृत्वकला, मोनिका प्रथम
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
रोजगारमैत्री प्रदेश निर्माणका लागि गण्डकी र बागमतीबीच अनुभव आदानप्रदान
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु