तनहुँको नेपालडाँडामा फलामे रड देखाइ बसमा सवार आलमको पैसा लुट्ने २ जना लुटेर पक्राउ

तनहुँको नेपालडाँडामा फलामे रड देखाइ बसमा सवार आलमको पैसा लुट्ने २ जना लुटेर पक्राउ

pakrau-3

तनहुँ । तनहुँको नेपालडाँडामा फलामे रड देखाइ बसमा सवार यात्रुको पैसा लुट्ने २ जना लुटेर लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । भारत घर भएर लमजुङ बेशिसहरमा ठेक्का पट्टा सम्बन्धि काम गर्दै आएका आबिद आलम मंगलबार बिहान बेसिशहर देखी विरगंज तर्फ जाने क्रममा ना ७ ख ६५७५ नं. को बसमा सवार भएर आउदै गरेको अबस्थामा तनहुँको भानु नगरपालिका वडा नं. १ नेपालडाँडामा बाटो छेकेर बसेका दुई जनाले आलमको पैसा लुटेको हो ।

बस जबरजस्ती रोक्न लगाई बसमा सवार रहेका यात्रीहरुलाई फलामे रड समेतको हतियार देखाई धम्काई आबिद आलमलाई बसको सिटबाट घुच्चाउदै रडले प्रहार गरेर आबिद आलमले साथमा लिएको नगद १ लाख ६६ हजार ४६० रुपैया रहेको झोला जबरजस्ती खोसी लुटी जंगल तर्फ भागेका भागेका थिए । पक्राउ पर्ने लुटेराहरुमा लमजुङ बेसिशहर नगरपालिका वडा नं. १ उदीपुर बस्ने बर्ष २१ को रितेस गुरुङ र लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं. २ बस्ने बर्ष २१ को सुमन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त घटनाको सूचना प्राप्त भए लगतै प्रहरी परिचालन गरी लुटेराहरुको खोजतलास गर्दा लुटेराहरु भाग्ने क्रममा रोयले जंगलमा झोला सहित छाडेको अबस्थामा ६ हजार फेला पारिएको प्रहरीले जनाएको छ  । जघांर स्थितको मर्स्याङ्दी नदी तरी लमजुङ तर्फ भाग्न लागेका अबस्थामा रितेश गुरुङ र सुवास गुरुङलाई फेला पारेर उनिहरुलाई नियन्त्रणमा लिई शरिर तलासी लिदा १ लाख १६ हजार ४६० सहित पिडितको भारत सरकारले दिएको आधारकार्ड फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, लुटपिटमा संलग्न रही फरार रहेका अर्का १ जना ब्यक्तिको खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउमा परेका ब्यक्तिहरुलाई मंगलबार नै जिल्ला अदालत तनहुँमा उपस्थित गराई रहजनी चोरी मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ