बुगी उगीकी फाइनलिस्ट तनहुँकी चेली प्रगती लाइ गृहजिल्ला तनहुँमा भव्य स्वागत तथा सम्मान (फोटो फिचर)

बुगी उगीकी फाइनलिस्ट तनहुँकी चेली प्रगती लाइ गृहजिल्ला तनहुँमा भव्य स्वागत तथा सम्मान (फोटो फिचर)

2

किरण श्रेष्ठ, तनहुँ । तनहुँकी चेली प्रगती पुन मगर लाइ बुधबार गृहजिल्ला तनहुँमा भव्य स्वागत तथा सम्मान गरिएको छ । अन्तराष्ट्रिय फेन्चाइज डान्स रियलिटी सो बुगी उगीको फाइनल प्रवेश गरेपछी  पुन पहिलो पटक बुधबार तनहुँ आएकी हुन् । एपिवान टेलिभिजनबाट प्रसारण हुने सोको गत शुक्रबार राती भएको श्रृखंलामा उत्कृष्ट चारबाट छनौट भएसँगै उनि बुगी उगीको फाइनलिस्ट बन्न सफल भएकी हुन् ।

प्रगति बुगी उगीको प्रतिनिधीसहित गृहजिल्ला आएकी हुन् । शुक्लागण्डकी– २ कोत्रे नर्सरीकी २१ बर्षिया प्रगति पुनले हजारौँ प्रतिष्पर्धीलाई पछाडी पार्दै ग्रान्ड फिनाले सम्मको यात्रा तय गर्न सफल भएकी हुन् । भिक्टोरिया ड्रान्स एण्ड एक्टिङ स्कुलको आयोजना तथा जागौ युवा नेपाल, नेपाल मगार संघ लगाएत तनहुँका विभिन्न सामाजिक संघसंस्थाको सक्रियतामा प्रगती पुन मगर लाइ दमौलीमा स्वागत तथा समान गरिको हो । बुधबार साँझ ५ बजे दमौली स्थित मेनचोकमा भएको कार्यक्रममा उनले सेल्फी र पशुपति बोलको गीतमा आफ्नो धमाकेदार नृत्य प्रस्तुत गरेकी थिइन । साथै कार्यक्रममा प्रगतिले जिल्लावासीसँग आफुलाई विजेता बनाउन भोट अपलि गरेकी थिइन ।

कार्यक्रममा प्रगती आवद्ध रहेको पोखराको चर्चित ड्रान्स ग्रुप क्रिस्टल क्लज डान्स क्रियुको समेत धमाकेदार प्रस्तुती रहको थियो । कार्यक्रममा उनले आफु लाइ आफनै ठाउमा यति धेरै सम्मान र माया पाउदा एकदमै खुसि लागेको बताइन । ‘मेरो जित नै तपिया जिल्लाबासिको जित हो त्यसैले माइ जिताउन भोट गरेर सहयोग गर्नुहोस’ पुनले कार्यक्रममा भनिन । फाइनलको लागि सबैले भोट गर्दिनुहोला भन्दै प्रगतिले सबैलाइ आभार व्यक्त गरिन ।

स्वागत तथा सम्मान कार्यक्रम भव्य भएको भिक्टोरिया ड्रान्स एण्ड एक्टिङ स्कुलका संचालक तथा कोरियोग्राफर सर्जन थापा मगरले बताए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, सिद्धान्त थापा मगार लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा भिक्टोरिया ड्रान्स एण्ड एक्टिङ स्कुल, तनहुँ नाच घर र सृजना आले लगाएतले नृत्य प्रस्तुत गरेका थिए ।

प्रगतीले स्थानिय स्तरमा हुने प्रतियोगिताहरुमा सहभागि भई चर्चा बटुली सकेकी छन् । बुगी उगीमा सहभागी हुनुपुर्व उनले क्रिस्टल क्लज डान्स क्रियुमा आबद्ध रहेर कभर म्यूजिक भिडियोमा नृत्य गर्दै आएकी थिइन् । प्रगती पुन मगरलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गर्इ ०४ टाइप गरी ३५२२५ मा एसएमएस पठार्इ भोटिङ गर्न सकिन्छ । भोटिङ साउन १० गते बिहीबार देखी एक सातासम्म गर्न सकिनेछ ।
प्रतियोगिताको निर्णायकका रुपमा कोरियोग्राफर कविराज गहतराज, नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्की रहेका छन् । यस्तै प्रगतीसँगै कविता नेपाली र सरोज मोक्तान बुगी उगीको फाइनलिस्टमा छनौट भएका छन् । प्रगति लाइ अन्तराष्ट्रिय फेन्चाइज डान्स रियलिटी सो बुगी उगीको विजेता बनाइ उपाधि तनहुँ भित्र्याउन जिल्ला बासि विभिन्न तरिकाले लागिपरेका छन् ।

त्यसैगरी, ग्रान्ड फिनाले प्रवेशपछि गृहजिल्ला आएकी प्रगतिलाई दुलेगौडामा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङको प्रमुख आतिथ्यतामा भव्य स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रदेश सांसद आशा कोइराला, शुक्लागण्डकीका विभिन्न वडाध्यक्षहरु, व्यवसायी, पत्रकार, शुभेच्छुक र परिवारको उपस्थिति रहेका थिए । लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले विपिचोकमा आयोजना गरेको कार्यक्रममा स्वागतसँगै भोटको लागि अपलि गरिएको टाउनका अध्यक्ष प्रदिप थापाले बताए ।  फोटो : मदन तिमल्सेना 

यो पनि पढ्नुहोस :
बुगी उगीकी फाइनलिस्ट तनहुँकी चेली प्रगती पुन मगर गृहजिल्ला तनहुँको दमौली आउदै

तनहुँकी चेली प्रगती पुन मगर बुगी उगीको फाइनलमा छनौट

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds