कास्की : मृत अवस्थामा फेला
मिति २०७५।०४।१० गते अन्दाजी ०८:३० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका ६ डेमसाईड स्थित रहेको क्रियापुत्री भवन नजिक फेवातालमा अन्दाजी ५०/५२ वर्षको मंगोलीयन अनुहारको पुरुष व्यक्ति पानिमा तैरिएको अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलीखटिगई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।
बागलुङ : मृत अवस्थामा फेला
मिति २०७५।०४।१० गते अन्दाजी ०७:३० बजेको समयमा जिल्ला बागलुङ, ताराखोला गाउपालिका ३ सादी स्थित कृष्ण कुमारी रोक्काको घरमा डेरा गरि बस्ने जिल्ला दोलखा घर बताउने, सोही एरियामा भरिया तथा ज्याला मजदुरीको काम गरी खाने वर्ष ३२/३३ को राजकुमार कार्की सयपत्री हाईड्रोपावरको ड्याममा डुवी मृत अवस्थामा रहेको भन्ने खवर प्राप्त हुनासाथ तत्कालप्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।
पर्बत : अविरल वर्षाले घर भत्केको
मिति २०७५।०४।१० गते अन्दाजी ११:३० बजेको समयमा बेलुकी देखि आएको अबिरल वर्षाका कारण जिल्ला पर्वत जलजला गाउपालिका ४ बस्ने वर्ष ३६को राज बहादुर दमाइको ढुङ्गामाटोले बनेको टिनले छाएको १ तले कच्चि घर भत्किएको छ । घर, लत्ताकपडा, रासन, भाडाकुडा गरि अन्दाजी ३ लाख बराबरको क्षति भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको छ ।
कास्की : बेबारिसे घाईते अवस्थामा फेला
मिति २०७५।०४।१० गते अन्दाजी ०६:०० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका ८ सृजनाचोक स्थित जिल्ला धादिङ घर बताउने अन्दाजी वर्ष २०/२२ को ईश्वर भारती बेवारिसे घाईते अवस्थामा छ भन्ने खबर प्राप्त हुन साथ तत्काल प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।
प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार वस्याल)
सम्बन्धित खबर
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी