तनहुँ । तनहुँको डाँडाटोलबाट १ लाख भन्दा धेरैको सुनचाँदीका गहना चोरी गर्ने चोर लाइ विहिबार प्रहरिले गहना सहित पक्राउ गरेको छ । विहिबार बिहान अन्दाजी २ बजेको समयमा आबुखैरेनी गाउँपालिका वडा नं. ३ डाँडाटोलमा रहेको सुनचादी पसल बाट छोरि गर्ने लाइ तनहुँ प्रहरीले पक्राउ गरेको हो ।
चितवनको राप्ती नगरपालिका वडा नं. १३ कालीखोला बस्ने बर्ष २२ को सुशिल प्रजा लाइ प्रहरी पक्राउ गरेको हो । बलराम खनाल सुनारले संचालन गरेको सुनचाँदी पसलको ढोका फुटाली पसल भित्र राखिएको १ लाख ४ हजार ४९५ रुपैयाँ बराबरको नगद रुपैया, सुन तथा चाँदीका गहनाहरु चोरी भएको थियो । चोरी भएको भन्ने जानकारी प्राप्त भए पछी प्रहरी टोली तत्काल परिचालन भई चोरी कार्यमा संलग्न ब्यक्तिको खोजतलास गर्दा सुशिल प्रजालाई आबुखैरेनी गाउपालिका वडा नं. ४ पावरहाउस नजिक झोलामा चोरीको सामान राखेर भाग्दै गरेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रजाको साथ बाट चोरीको नगद ५ हजार १५५ रुपैयाँ, सेतो चाँदीको सिक्री ३ थान, चाँदीको पाउजु ७ थान, पहेलो धातुको औठी ११ थान, चाँदीको औठी ६ थान, मुगा सहितका पथ्थरहरु ३४ थान, औठी बनाउन प्रयोग हुने औजार १ बट्टा समेत फेला पारिएको प्रहरीले जनाएको छ । चोरि गर्ने सुशिल प्रजालाई विहिबार नै जिल्ला अदातल तनहुँमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी सुनिल मल्लले जानकारी दिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा