पोखरा, ११ साउन / पोखरा सिर्जनाचोक स्थित पोखरा मल्टिमोडल क्याम्पसमा गुरुपूर्णिमाको अवसरमा गुरु वर्गलाई सम्मान र कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।
पोखरा मल्टिमोडल प्रा.लि.का प्रबन्धक सञ्चालक राजकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमा क्याम्पस प्रमुख कृष्ण बहादुर के.सी ले विद्यार्थीहरु एकलव्य जस्तै शिष्य बन्नु पर्ने एवं गुरुहरु विद्यार्थीहरुको मुटु र मस्तिष्कमा छाउनुपर्ने विचार व्यक्त गरे ।
सो अवसरमा पोखरा मल्टिमोडल प्रालिका उपाध्यक्ष एवम् वरिष्ठ प्राध्यापक रामनाथ अधिकारीलाई विद्यार्थीहरुले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा त्रि.वि.प्राध्यापक संघ पोखरा मल्टिमोडल क्याम्पस एकाइका अध्यक्ष नगेन्द्र भण्डारी लगायतले मन्तव्य व्यक्त गरे ।

दिवा कार्यक्रम संयोजक बाबुराम लामिछानेले स्वागत गरेको कार्यक्रममा प्रा.डा. यदुनन्दन उपाध्यायले धन्यबाद ज्ञापन गरेका थिए । मल्टिमोडलका विद्यार्थीहरुले सम्पूर्ण गुरुवर्ग तथा कर्मचारीलाई मायाको चिनो एवं माला लगाएर सम्मान गरेका थिए ।
कक्षा १२ का विद्यार्थी नीता प्रधान, श्रेया गिरी, देव नेपाली र कविता पौडेलले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरे भने कक्षा ११ का तर्फबाट उत्पल पौडेल र सम्झना सुनुवारले स्वागत गह्रण मन्तव्य राख्दै धन्यवाद दिएका थिए ।
उक्त अवसरमा प्रमिला दुलाल, आयुश रानाभाट, आशा तामाङ, एन्जिला नेपाली, कविता पौडेल, सुस्मिता तामाङ, रक्षा थापा, अलिशा घर्ती र अविना पहारीले नृत्य एवं विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन कपिल सुवेदी, श्रेया गिरी, शुशिल दाहाल र अविना पहारी गरेका थिए ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो