तनहुँ । तनहुँको म्याग्दे गाउपालिका वडा नम्बर २ गुणादीमा शुक्रबार देखि न्यु जेनेरेशन युवा क्लवको आयोजनामा तेस्रो गुणादी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । क्लवका अध्यक्ष शंकर रानाभाटको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशकी सांसद आशा कोइराला रहेकी थिइन ।

प्रतियोगिताको उद्धघाटन गण्डकी प्रदेशकी सांसद आशा कोइरालाले गरेकी थिइन । उक्त अवसरमा स्थानीय खेल प्रतिभालाई राष्ट्रिय स्तर सम्म चिनाउन प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताइन । जिल्लाका खेलप्रेमी युवावर्ग र क्लवहरु विच आपसी सद्भाव,परिचय संगै स्थानीय प्रतिभाको खोज सहित सामाजिक कार्यमा युवाको अग्रसरतालाई प्राथमिकता राखेर उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

तेस्रो गुणादी कपको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकले विशेष पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । क्वाटरफाइनल पछाडिका प्रत्येक खेलमा म्यान अफ ड म्याच प्रदान गरिने खेल संयोजक विमल बस्नेतले जानकारी दिए । साथै प्रतियोगितामा ३६ समुहको सहभागिता रहेको बस्नेतले बताए ।

शुक्रबार आयोजक न्यु जेनेरेशन युवा क्लव र नवदिप युवा क्लब विच भएको खेलमा ३-१ गोल अन्तरले आयोजक विजयी भएको छ । प्रतियोगिता साउन १८ गते सम्म हुने र समापनको दिन राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्ति मगरको समेत उपस्थिती रहने क्लवका अध्यक्ष शंकर रानाभाटले जानकारी दिए । कार्यक्रममा म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, नेकपा तनहुँका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम नन्दु थापा मगरको संचालन गरेका थिए ।

सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला