गण्डकी प्रदेशमा घटना/दुर्घटना (साउन १२, २०७५ )

गण्डकी प्रदेशमा घटना/दुर्घटना (साउन १२, २०७५ )

Gandaki Aaja

गण्डकी प्रदेशमा आज शनिबार घटेका घटना तथा गतिविधिहरु

कास्की : सवारी दुर्घटना १ जना घाईते

मिति २०७५।०४।१२ गते अन्दाजी ०९:४५ बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका- १० औद्योगिक क्षेत्रमा JCB 3094 न को डोजरले ग९प ४०१८ न को स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक पोखरा लेखनाथ महानगरपालिका १५ बस्ने वर्ष २४ को सुरेस थापा घाईते भई उपचारको लागि मणिपाल ल्याएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई डोजर चालकलाई नियन्त्रणमा लिईएको छ ।

स्याङ्जा : अरिङ्गालले टोकी घाईते

मिति २०७५।०४।११ गते अन्दाजी २१:३० बजेको समयमा स्याङ्जाको वालिङ नगरपालिका १२ सिर्सिकोट बस्ने वर्ष ४१ को भीम बहादुर बि.क लगाएत अन्य ४ जनाले सोहि स्थानको दहपोखरि भन्ने स्थानमा खोक्रोको रुखमा रहेको अरिङगाल पोल्ने क्रममा निज भिम बहादुर बि.क लाई अरिङ्गालले शरिरको बिभिन्न भागमा टोकि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ ल्याईएको छ । उक्त खबर प्राप्त हुनासात तत्कालै प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व): शव फेला

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका-७ सित्तलनगर गैरी स्थित रहेको नारायणी नदी किनारमा हालसम्म नामथर वतन नखुलेको वर्ष अंन्दाजी ४५/५० को पुरुष ब्यक्ति मृत अवस्था रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।

कास्की : गाँजा फडानी कार्यक्रम

मिति २०७५।०४।१२ गते अन्दाजी १२:१५ बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका-२२ मनिनडांडा स्थितमा लागुऔषध नियन्त्रण महाअभियान अन्तर्गत लागुऔषध नियन्त्रण महाअभियान संयोजक गणेश ढकालको नेतृत्वमा सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ , ईलाका प्रहरी कार्यालय शिशुवा, र स्थानियको सहभागितामा प्राकृतिक रुपमा उम्रेका गांजाको बोटहरु फडानी गरिएको छ ।

प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार वस्याल)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ