पोखरा । नेपाली टेलीभिजन इतिहासमा एउटा बेग्लै पहिचान बनाउन सफल रियालीटी सो ‘हिमालय रोडिज’को दोस्रो संस्करण १४ श्रावण सोमबार देखि सुरु हुने भएको छ । हिमाल टेलिभिजन मार्फत प्रशारण हुने शो युवापुस्ताहरुका लागि लक्षित गरी निर्माण गरिएको हो । शो को प्रोमा केही दिनदेखि प्रसार भइरहेको छ ।

जसमा पहिलो संस्करणकी ‘विवादित’ जज दिया मास्के र प्रतिस्पर्धी बीचको घम्साघम्सी देखाइएको छ । यो संस्करणमा गत संस्करणका बिजेता समन श्रेष्ठ र अनिमेश शाही कार्यक्रम प्रस्तोताको रुपमा रहेका छन् । रेमनदास श्रेष्ठ, दिया मास्के र आशिष राना ‘लाउरे’ यसवर्ष पनि निर्णायकको भुमिकामा देखिदै छन् । १८ शृङ्खला प्रशारण हुने यो रियालीटी शोमा पाँच श्रृंखला, पाँचओटा शहर : चितवन, बुटवल, पोखरा, इटहरी र काठमाडौँमा गरिएको अडिसन राउण्ड हुनेछ, भने बाँकी १३ शृङ्खलामा जर्नी राउण्ड हुनेछ ।
सामाजमा सजिलै खुलेर बोल्न नसकिने विषयवस्तुुहरुलाई गत संंस्करण भन्दा यस संस्करणको अडिसन राउन्डमा अझै आकर्षक ढंगले प्रस्तुत गरेको कार्यक्रम आयोजकले जनाएको छ । हिमालय रोडिजको बिजेताले बीस लाख रुपयाँसम्मको नगद र यामाहा एफ जेड– २५० सीसी मोटर बाइक प्राप्त गर्नेछन् ।
हरेक साताको सोमबार साँझ ८ बजेदेखि हिमालय रोडिजमा प्रसार हुने यो शृङ्खला विवादका बिच पनि प्रसारणमा आउन लागेको हो । भारत लगाएत दक्षिण एसियामा नै निकै प्रख्यात रहेको यो एड्भेन्चर रियालटी शो एम टिभी रोडिजको फ्रेन्चाइजको रुपमा गत वर्षदेखि नेपालमा पनि यो आयोजना सुरु भएको थियो ।
सम्बन्धित खबर
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु