रोटरी र रोट्रयाक्ट क्लबको पदस्थापन कार्यक्रम भव्यताका साथ दमौलीमा सम्पन्न

रोटरी र रोट्रयाक्ट क्लबको पदस्थापन कार्यक्रम भव्यताका साथ दमौलीमा सम्पन्न

rtn

तनहुँ । रोटरी क्लव अफ दमौलीको १८औँ र रोट्रयाक्ट क्लब अफ दमौलीको १६औँ पदस्थापना कार्यक्रम संयुक्त रुपमा शनिवार दमौलीमा सम्पन्न भएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दुबै क्लवका अध्यक्षहरुलाई पदस्थापन गराएका थिए । रोटरी क्लव अफ दमौलीका वर्ष २०१७/१८ का अध्यक्ष महेन्द्र न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा न्यौपानेले आफ्नो कार्यकालमा गरेका कामहरुको बारेमा जानकारी दिदै सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा रोटरी क्लवका वर्ष २०१७/१८ का अध्यक्ष महेन्द्र न्यौपानेले वर्ष २०१८/१९ का अध्यक्ष सन्तोष श्रेष्ठलाई माइन्यूट, चार्टर प्रमाणपत्र, कोलार माला लगायत रोटरी सामाग्रीका साथ आफ्नो पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए । जिम्मेवारी हस्तान्तरण पश्चात स्वीकारोक्ती मन्तव्यका साथ अध्यक्ष श्रेष्ठले आफ्नो टिमको परिचय र पदस्थापना गराएका थिए । नयाँ पदस्थापित हुने पदाधिकारीहरुमा निवर्तमान अध्यक्ष महेन्द्र न्यौपाने, प्रेसिडेण्ट इलेक्ट सुरज कुमार मल्ल, प्रेसिडेण्ट नोमिनी दामोदर भण्डारी, चार्टर प्रेसिडेण्ट रामचन्द्र पोख्रेल, भाईस प्रेसिडेण्ट दिनेश कुमार श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, चुडालाल मल्ल, सेक्रेटरी जिवन कुमार श्रेष्ठ, ट्रेजर नारायण मल्ल, ज्वाईन्ट सेक्रेटरी , गिरीजा सुवेदी, ज्वाईन्ट ट्रेजरर रामकुमार श्रेष्ठ रहेका छन् ।
यसैगरी इडिटर प्रेमलाल विक, सर्भिस प्रोजेक्ट चियर रजिनलाल श्रेष्ठ, द रोटरी फाउण्डेसन इम कुमार मल्ल क्लव एडमिन कमिटी चियर किन कुमार श्रेष्ठ, मेम्वरसिप चियर डिल्लीराम श्रेष्ठ , न्यू जेनेरेशन कमिटि चियर बिनोद गौतम, पव्लिक रिलेसन चियर तारा लाल मल्ल,  क्लवका सर्जेन्ट एट आर्म हरि गहतराज रहेका छन् । आफ्नो टिमलाई अध्यक्ष सन्तोष श्रेष्ठले  सपथ ग्रहण गराएका थिए ।
त्यस्तै गरी कार्यक्रममा रोट्रयाक्ट क्लवका वर्ष २०१७/१८ का अध्यक्ष शिखरलाल डोटेलले वर्ष २०१८/१९ का अध्यक्ष विपिन श्रेष्ठलाई माइन्यूट, चार्टर प्रमाणपत्र, कोलार माला लगायत रोटरी सामाग्रीका साथ आफ्नो पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए । जिम्मेवारी हस्तान्तरण पश्चात स्वीकारोक्ती मन्तव्यका साथ अध्यक्ष श्रेष्ठले आफ्नो टिमको परिचय र पदस्थापना गराएका थिए । नयाँ पदस्थापित हुने पदाधिकारीहरुमा निवर्तमान अध्यक्ष शिखरलाल डोटेल, प्रेसिडेण्ट इलेक्ट मनोज रावत, भाईस प्रेसिडेण्ट राज धरेल, सञ्जु घले, अनुज बिमली, कृष्ण गिरी, सेक्रेटरी सुशान्त अधिकारी, ट्रेजर राज  श्रेष्ठ, ज्वाईन्ट सेक्रेटरी, शुष्मा श्रेष्ठ यसै गरी क्लब एस.डि रबि अधिकारी, कम्युनिटी एस.डि मदन तिमल्सेना, प्रोफेसनल एस.डि बिशाल श्रेष्ठ, एल.एस.डि शुभद्रा मल्ल, इडिटर अदित्य ढुंगाना, प्रोमोसन अफिसर यम बतास, आइटी अफिसर संगम श्रेष्ठ, युथ कोडिनेटर सुजन लौडारी, एसएए धिराज श्रेष्ठ र प्रेसिडेण्ट एडभाइज्जर शेर बहादुर भोटे रहेका छन् ।
आफ्नो टिमलाई अध्यक्ष विपिन श्रेष्ठले  सपथ ग्रहण गराएका थिए ।सोही अवसरमा टुटेपानी सामुदायिक होमस्टेलाई रोटरी भोकेशनल अवार्ड सहित नगद ५ हजार प्रदान गरिएको थियो । संयुक्त पदस्थापना समारोहमा प्रमुख अतिथिको व्यास नगरपालिकाका प्रमुख अतिथि बैकुण्ठ न्यौपाने रोटरी समाजिक सेवामा समर्पित संस्था भएको बताए । त्यस्तै न्यौपानेले रोटरीले गरेका सामाजिक कार्यहरु प्रशंसनीय रहेको चर्चा गर्दै विशेष गरी पोलियो उन्मूलनका लागि रोटरीले पुर्‍याएको योगदान अन्तर्राष्ट्रिय दस्तावेजमा सुनौलो अक्षरले लेखिएको बताए ।रोटरीले मनोरञ्नात्मक कार्यक्रम भन्दा लोक कल्याणकारी कार्यक्रममा थप्दै लानुपर्नेमा जोड दिए ।
एसिस्टेन्ट गर्भनर रेशम वहादुर के.सीले नेपालमा शिक्षा, स्वास्थ्य र मानवताको क्षेत्रमा रोटरीको ठुलो योगदान रहेको बताए । उक्त कार्यक्रममा विशिष्ठ अतिथि एजी रेशम बहादुर कार्की, एजी रोज गुरुङ, रोटरी क्लव अफ दमौलीका पूर्व अध्यक्ष देव कुमार श्रेष्ठ, पूर्व अध्यक्ष हरिसिं गुरुङ्ग, रोटरीयनहरु सूर्जकुमार मल्ल, दामोदर भण्डारी, रमेश कुमार श्रेष्ठ लगायतले बोलेका थिए । मानवीय सेवामा रोटरीको भुमिकाको र रोटरी इतिहासको बारेमा रोटरीका पुर्व अध्यक्ष हरिसिंह गुरुङले चर्चा गरेका थिए भने कार्यक्रम संचालन रोटरी क्लबका गिरीजा सुवेदीले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ